सिरहा, माघ ९ गते । कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय लहान अनिश्चित कालको लागि कार्यालय बन्द गरिएको छ । कार्यालयमा कार्यरत ९ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कार्यालयले सम्पूर्ण सेवा बन्द गरिएको हो ।
कार्यालय चलिरहेकै बेला केही कर्मचारीमा समस्या भएपछि चेकजाँचको क्रममा एकैपटक ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सूचना जारी गरिएको अधिकारी प्रमोद कुमार मण्डललले जानकारी दिए । उनले बाँकी कर्मचारीको पनि आजै कोरोना परीक्षणगरी सेवा सूचारुगर्ने विषयमा पनि छलफल भईरहेको जनाए ।




















