सिरहा,माघ ९ गते । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर  पर्टी भित्रै आलोचना गरेका छन् जन्ता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुरामम भटराई र उनि निकट नेताले यादवको अभिव्यक्तिको कडा आलोचना गरेको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु भने यसबारेमा केही नबोलि रेणु यादवको बचाउ गरेका छन् ।समाजिक संजालमा भटराईले रेणु यादवको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।भटराई निकट नेताहरुले यो विषयलाई जोडतोडले उठाउदै यस्ता अभिव्यक्तिलाई पार्टीले बचाउ गर्न नस्कने बताएका छन् ।

भट्टराईनिकट तथा जसपाका कार्यकारिणी समितिमा सदस्य गंगानारायण श्रेष्ठले रेणु यादवको अभिव्यक्ति अशोभनीय भएको बताए। ‘मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले यस्तो अशोभनीय अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन। त्यो उहाँले नै थाहा पाउने कुरा हो,’ श्रेष्ठले भने। गौर घटना ठिक हो भने निष्कर्ष कुनै पनि अवस्थामा निकाल्न नसकिने श्रेष्ठले बताए।  

यसैगरी भट्टराईनिकट अर्का नेता तथा जसपाका कार्यकारिणी समितिका सदस्य डम्मर खतिवडाले यादवको अभिव्यक्तिबारे छलफल गर्न पार्टीको बैठक बोलाउनुपर्ने माग राखे। तर पार्टी अध्यक्ष यादवनिकट नेताहरू भने रेणु यादवको अभिव्यक्तिलाई अनावश्यक रूपमा उचाल्न नहुने धारणा राख्छन्। यस्तो विषयमा रेणु यादवले राजीनामा गर्नुपर्ने कारण नै नभएको उनीहरूको तर्क छ। ‘आफूले दिएको अभिव्यक्तिको विषयमा उहाँ ९रेणु०ले प्रष्ट पारि सक्नु भएको छ। त्यसैले यो विषयलाई अब उचाल्नु कुनै कारण छैन,’ उपेन्द्र यादवनिकट तथा जसपाका कार्यकारिणी सदस्य विजय यादवले भने, ‘न त यस्तो विषयमा उहाँले राजीनामा गर्न जरुरी छ।’ रेणु यादवको अभिव्यक्तिको विषयमा अनावश्यक विवाद सिर्जना नगर्न पनि विजयले सल्लाह दिए।