X wada

मुख्य समाचार

    Showing ९७१-९८० of २,९७० items.
  • निर्वाचन : समानुपातिकतर्फ ६८ दलले भाग लिने

    काठमाण्डौ, भदौ १७ गते ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा अन्तिममा ६८ दल कायम भएका हुन् ।आयोगले ती दलको दर्ता नं. नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख –१५, नेकपा ९एमाले०को

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • १०४ पटक पढिएको
  • सिरहामा विद्यार्थी विनाका विद्यालय, घरैवसेर खान्छन शिक्षक तलव

    आशिष विश्वकर्मासिरहा,भदौ १७ गते ।  आधारभूत विद्यालय सिरहा नगरपालिका ९ रामनगर गुलरियाका शिक्षकले वषौंदेखि कामै नगरी तलव खाईरहेका छन्। एक जना विद्यार्थी समेत भर्ना नभएका यस विद्यालयका २ जना शिक्षकले नियमित तलव भत्ता खाँदै आएका छन्।जिल्ला सदरमुकाममै रहेपनि यस विद्यालयमा पछिल्लो तीन शैक्षिकसत्रदेखि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन्। विद्यालयका प्रधानाध्याम श्यामकुमार यादबले अभिभावकहरुले नै विद्यार्थी नदिएपछि आफूहरु कामविहिन भएको भएको बताए।उनले हाक्काहाक्की भने, ‘गाउँको विचमा विद्यालय भएपनि कसैले विद्यार्थी पठाउँदैनन्, हामीले कसलाई पढाउने ? यो वर्ष पनि चुनावका कारण विद्यार्थी भर्ना भएन अव

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • ४३५ पटक पढिएको
  • डा.बृजमोहनको नैना हस्पिटल दर्ता विना संचालनमा नवजात शिशुको मृत्युपछि खुलासा

    जनकपुर,भदौ १७ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थित त्रिभुवननगर निवासी रविन्द्र साहकी पत्नी चंचला देवीले जन्माएको शिशुलाई प्रादेशिक अस्पतालका चिकित्सकले जनकपुरधामस्थित रामानन्द चोकमा रहेको नैना हस्पिटलमा रिफर गरेकोमा उपचारकै क्रममा मृत्यु भएपछि विवाद सतहमा आएको हो ।पीडित परिवारका अनुसार चंचला देवीलाई प्रश्रव पीडापछि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा कार्यरत डा। अभय मण्डलले शल्यक्रियामार्फत बच्चा निकाले पनि शिशुको अवस्था गम्भीर रहेको भन्दै नैना अस्पत

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • २७३ पटक पढिएको
  • गाेलवजारमा करेन्ट लागेर बुवा छाेराकाे मृत्यु

    गाेलपजार,भदौ १६ गते ।सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृत्यु भएको हो।घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए ।उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • ३७१ पटक पढिएको
  • धमाधम समात्दै अबैध ,काठ एक जना पक्राउ

    बर्दिबास, भदौ १४ गते । डिभिजन वन कार्यालय महोत्तरीको डिभिजनल वन अधिकृत सहितको वन कर्मचारीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वर्दिवास ३ गौरीडाँडास्थित भवसी टोलका ३५ वर्षिय जीवन बराईलीलाई साखु (साल) को ९ थान चिरान काठसहित पक्राउ गरेको डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले जनाएको छ । वरामद काठ करिव १० क्यूफिट रहेको जनाइएको छ । सुराकीले दिएको सूचनाको आधारमा डिभिजन वन कार्यालय महोत्तरीका सहायक वन अधिकृत मणिराम यादवको नेतृत्वमा सोमवार खटेको सशस्त्र वन सुरक्षाकर्मी सहितको टोलीले वराईलीको घर नजिकको बारीबाट सो चिरान काठ बरामद गरेको हो । काठसहित वराइलीलाई अनुसन्धानका लागि माइस्थानस्

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • १९३ पटक पढिएको
  • ‘डेढ लाख ऋणको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ’

    विराटनगर,भदौ १३ गते । मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे ।सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ ।उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन् । ब्याजको मिटर चढ्दै गयो । उनले २ लाख रुपैयाँ जुटाएर उनलाई जिम्मा लगाए । ठाकुरले यो पैसाले साउ कट्दैन ब्याज मात्रै हुन्छ भने । उनले आफ्नो मोटरसाइकलसहित १५ लाख रुपैयाँ थप ठाकुरलाई दिए । डेढ लाख रुपैयाँ ऋण

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • २२० पटक पढिएको
  • माओवादीले २० भदौभित्र उम्मेदवार सिफारिस गर्ने

      सिरहा,भदौ १३ गते । माओवादीले आसन्न निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको आइतबार ललितपुरमा बसेको बैठकमा प्रचण्डले २० भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएकोे केन्द्रीय सदस्य सुनिता गौतमले बताइन् । ‘अध्यक्षले एक, दुई, तीन गरेर वैकल्पिकसहित नाम सिफारिस गर्न निर्देशन दिनुभएको छ,’ गौतमले भनिन् । निर्वाचनकेन्द्रित गरी बागमती प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक केन्द्रीय सदस्य खटाउने बैठकको निर्णय छ । पोलिटब्युरो सदस्य युवराज चौलागाईंका अनुसार २० भदौभित्र उम्मेदवारको टुंगो

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • १९४ पटक पढिएको
  • सिराहाका मिटरब्याजी पीडितको २९९ उजुरी

    सिरहा,भदौ १३ गते । सिराहाका मिटरब्याजी पीडितहरूको गुनासो सुन्न कार्यदल सिरहा आइपुगेको छ। जिल्ला प्रशासन कार्यालय सिराहामा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसाल नेतृत्वको टोलीले पीडितहरूसँग छलफल गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिराहामा आयोजित छलफलमा मिटरब्याजी पीडितहरूले आ-आफ्ना गुनासोहरू कार्यदलसमक्ष राखेका छन्। सिराहा जिल्लामा मिटरब्याजी पीडितहरूको तर्फबाट २ सय ९९ सय उजुरी दर्ता भएको छ। उजुरीमा तीन गुणा बढीको तमसुक बनाएको, कम थैली राखेर जग्गा रजिस्ट्रेसन पास गरेको, साँवा, ब्याज भुक्तान गरे पनि तमसुक नच्यातेको, एउटै ऋणका तीन(

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • २८२ पटक पढिएको
  • नक्कली कागज बनाएर भिजिट भिसामा

    काठमाडौँ, भदौ १३ गते । भिजिट भिसामा दुबई जाने क्रममा शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट फर्काइएकी मुगुकी २४ वर्षीय रमिता बस्नेत (नाम परिवर्तन)लाई आफ्नै बैङ्किङ विवरण र खातामा कति रकम छ भन्नेसमेत जानकारी छैन ।  धादिङकी सुनिता तामाङ र मोरङकी कमला दर्जी (दुवैको नाम परिवर्तन)लाई दुबई पुगेर कहाँ जाने र के गर्ने भन्नेसम्म थाहा छैन । यो केही प्रतिनिधि पात्रको अवस्था मात्र हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पछिल्ला तीन दिनमा भिजिट भिसाको आवरणमा वनावटी र नक्कली कागजपत्र प्रयोग गरी खाडी मुलुक जान लागेका ११४ जना युवती र १०३ युवक गरी २१७ जनालाई विमानस

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • १६१ पटक पढिएको
  • जिरोमाईलमा जनमत पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन

    सिरहा,भदौ ११ गते । सिरहाको जिरोमाईलमा जनमत पार्टीले आफनो क्षेत्रीय कार्यालयको आज उद्घाटन गरेको छ ।जनमत पार्टीका केन्द्रिय सदस्य राज कुमार त्यागीको प्रमुख अतिथ्यमा क्षेत्र नं.२(ख)को क्षेत्रीय कार्यालयको उद्घाटन भएको छ । मधेशीको हक अधिकारको लागी अवाज उठाउने पार्टी रहेको साथै युवाहरुको पार्टी भएकोले मात्र देशमा परिर्वतन लागीे जनमत पार्टी नै रहेको बताउनु भयो । उक्त कार्यक्रममा सिरहाको विभिन्न स्थानबाट जनमत पार्टीको कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता धनगढीमाई नगरपालिकाका पार्टी अध्यक्ष भरत यादबले गरेको थियो । 

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • २१५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२