सिरहा, भाद्र २६ गते । भ्ूामि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि प्राप्तिको राष्ट्रिय अभियान नै चलेकाले अबका दुई वर्ष भित्र भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभएको छ । 

आइतबार सिरहाको धनगढीमाई नगरपालिकास्थित १३ नं. वडा भर्लेनीमा आयोजित भूमिहीन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुहुँदै मन्त्री श्रेष्ठले नागरिकलाई अधिकार सम्पन्न गराउने अभियान भएकाले यो वा त्यो नभनीकन सबैले हातेमालो गरेर गएको खण्डमा भूमि सम्बन्धी सबै समस्या समाधान हुने वताउनुभयो । 

vlcsnap-2022-09-11-20h01m55s757

कसैको दवाव र प्रभावमा परेर वास्तविक सुकुम्वासीले लालपूर्जा नपाई हुकुम्वासीले पाउने कहि कतैबाट कसैले दृष्टता नगर्न चेतावनी दिंदै यसतर्फ स्थानीय तह पनि सचेत ढंगले अगाढि बढ्न आग्रह गर्नुभयो ।  

मधेश प्रदेशमै पहिलो स्थानीय तह धनगढीमाई नगरपालिकाले सुकुम्वासीहरुको लाल पूर्जा वितरण गरेका हुन् ।  आयोजित लाल पूर्जा वितरण कार्यक्रममा एक सय दश जना भूमिहीन सुकम्वासीहरुले जग्गाको लाल पूर्जा प्राप्त गरेका हुन् । 

vlcsnap-2022-09-11-19h58m33s752

त्यसबेला भूमिहीन सुकुम्वासीहरुलाई लाल पूर्जा दिलाउन अथक प्रयास गर्नुभएका नगरपालिकाका पूर्व मेयर हरिनारायण चौधरी, उपमेयर फुलकुमारी श्रेष्ठ लगायतका मन्त्री श्रेष्ठले सम्मान समेत गर्नुभएको छ ।

vlcsnap-2022-09-11-19h57m49s836

vlcsnap-2022-09-11-19h58m18s998

vlcsnap-2022-09-11-20h02m03s669