काठमाडौं,भदौ ३० गेते । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको १ बजे बस्ने भनिएको बैठक ३ बजेलाई सरेको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी  महाअभियोग सिफारिस समितिले गरेको थियो ।

यद्यपि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।

पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।