सिरहा, चैत्र १० गते । सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ स्थिति सगुन इँट्टा भट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । पोलेको इँटा निकाल्ने क्रममा भट्टाको पर्खाल भत्किएर भारतको पश्चिम बंगालकी महिमा वीवीको मृत्यु भएको हो । घाइते हुनेहरुमा सोही स्थानका बबी विवी र ममता वीवी रहेको जनाइएको छ । उनीहरुको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । मृतको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी गोलबजारले जनाएको छ । गोलबजार नगरपालिकामा दर्जनौ इँट्ट
सिरहा,चैत्र ९ गते । फलामे ढोकाको रुपमा लिईने एसईई परिक्षा २०७९ चैत १७ गतेदेखि हुन लागेको छ । सिरहामा यस वर्ष परिक्षामा १० हजार १ सय ५० सहभागि हुने भएको छ ।जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयल गरी चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुन लागेको हो । जसमध्ये केन्द्रबाट प्राविधिक धारतर्फका तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जनाउनु भयो
काठमाण्डौ,चैत्र ९ गते । आगामी बैशाख १ देखि सरु हुने नाँया शैक्षिक सत्रका लागि पुस्तक छपाईको काम अन्तिम चरण पुगेकोे जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । काक्षा ६ देखि १० सम्म एक करोड ५० लाख थान पुस्तक छपाई गर्ने जिम्मेवारी पाएको केन्द्रले करिव दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेककोे जनक शिक्षाका प्रवन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिए । बहिरी जिललालाई प्राथमिकता दिएर छापीएका पाठ्यपुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम जारी रहेको निर्देशक झाले वताए ।केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पुरयाई सकेकाले सरकारको योजना अनुसार नाँया शैक्षिक सत्रको सुरुवातमा विद्यार
काठमाण्डौ,चैत्र ९ गते । प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डले वाक तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरुको सवलिकरण्मा प्रतिवद्ध रहेको सामुदायिक रेडियो प्रसारक संध (ओकोराब) को राष्ट्रिय सम्मेलन लाई सम्वोधन गर्दै बताउनु भयो ।विहिवार सम्वोधनको क्रममा संविधानले संघ, प्रदेश र स्थानीयतहलाई रेडियो संचालन तथा नियमनको तहगत रुपमा जिम्मेवारी प्रत्यायोजित गरेकाले यस सम्वन्धी आवश्यक कानुनको निर्माण तथा अधिकार व्यवस्थित हुने गरी तयार गर्ने जिम्मेवारी गम्भिरतापूर्वक लिएको जनाउनु भयो ।गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चार माध्यम तथा स्वोरोजगार,साना,मझौला र ठूलो लगानीका आधरमा वर्गीकरण गरी स
सर्लाही, चैत ९ गते । जङ्गली जनावरलाई थापिएको करेन्टमा परी सर्लाहीको बलरा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । भारतीय सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको करेन्ट लागेर मृत्यु भएको हो । रामअक्षयलाई राति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय करेन्टमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मृतक रामअक्षयको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोस्टमार्टमपछि परिवारले बुझेर लगेका छन्
सर्लाही, चैत ८ गते । तराईको अति पिछडिएको दलित समुदायमा पर्ने मुसहर समुदायका अधिकांश बालबालिका अझै पनि विद्यालय बाहिर छन्। गरिबीका कारण अभिभावक इँटा उद्योगमा मजदुरी गर्न जाँदा यहाँका मुसहर बालबालिका पढाइबाट बञ्चित हुनु परेको हो। अभिभावकसँग गाउँमै बसेका बालबालिका पनि अशिक्षाका कारण विद्यालयको पहुँचभन्दा बाहिर छन्। तराईका प्रत्येक मुसहर बस्तीमा पुग्दा मुसहर बालबालिका गाउँमै खेलेर बसेको भेटिन्छन्। बसबरिया गाउँपालिका–३, भवानीपुर गाउँकी मन्मादेवि माझीले गाउँका धेरै बालबालिका विद्यालय नजाने गरेको बताउनुभयो। आमा, बुवा परिवारको पेट पाल्न विभिन्न ठाउँमा मजदुरी गर्न र इँटा भट्टामा काम गर्न जाँदा मुस
सिरहा,चैत्र ८ गते। सिरहाको लहानस्थित जिल्ला रक्तसंचार सेवा केन्द्र लहान आर्थिक समस्याले ग्रस्तका कारण जनतालाई प्रदान गर्नुपर्ने सेवामा कमी आएको छ । सिरहा, सप्तरी, धनुषा र सिन्धुली जिल्लासम्मका विरामीलाई ब्लड सेवा प्रदान गर्दै आएका रक्त संचार सेवा केन्द्र लहानमा आर्थिक तथा उपकरणको अभावमा प्रदान गर्ने सेवामा समस्या भइरहेको प्रयोगशाला प्रमुख प्रदीपकुमार यादवले बताउनुभयो । चार जना प्राविधिकचाहिने भएपनि हाल दुई जना मात्र कार्यरत छन् । आर्थिक अभावका कारण प्राविधिकहरु पनि थपिन नसकिएको हो । बाहिरी आर्थिक सहयोगको अभावले गर्दा संचार सेवा शुल्कको भरमा सेवा केन्द्र संचालन गर्नुपर्ने वाध्यता छ ।
सिरहा,चैत्र ७ गते । जनमत पार्टीका अध्यक्ष डा. सि.के.राउतले किसानमारा नीति सरकारले ल्याए सरकार छोडेर किसान आन्दोलनमा उत्रिने वताउनुभएको छ । गरिव किसानहरुको अनुदान कटौतीको सट्टा सांसद्, मन्त्रीहरुको तलव तथा सुविधा कटौती गर्न अध्यक्ष राउतले सरकारलाई आग्रह गर्नुभयो । यसो नगरिएको खण्डमा आफूहरुले वाध्य भएर गरिव किसानहरुको पक्षमा उभिनुपर्ने वाध्यात्मक स्थिति आउने उहाँले उल्लेख गर्नुुभयो । एक अर्को प्रसंगमा अध्यक्ष राउतले मधेश प्रदेशमा दिन प्रति दिन साक्षरता घट्दै गएकाले आफूलाई गम्भीर वनाएको भन्दै एक जना पनि अनपढ नरहुन् भन्ने उद्देश्यले मधेश प्रदेशमा साक्षरता सेनानि अभियानको थालनी गर्न
काठमाण्डौ,चैत्र ६ गते । नेपाल सरकारले रसायनीक मलखाद्यमा दिदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।रासायनिक मलको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले उल्लेख गरिन्।यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने नि
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.