काठमाडौं,चैत्र २८ गते। काठमाडौं महानगरपालिकाले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाएको बारेमा मन्त्रिपरिषदमा छलफल भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यी ठाउँको फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।

काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगरका मेयरले अभिव्यक्ति आएको भन्दै बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

संघीय सरकारले सहयोग नगरेको भन्दै मेयर बालेनले बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने बताएका थिए । अनलाईन खवरबाट