सिरहा,चैत्र २८ गते । सिरहाको गोलवजार नगरपालिका वडा नं. १२ बेतौना भएर वग्ने मैनावती नदीमा मधेश  प्रदेश सरकारको सत्रह लाखको लागतमा नदीमा चेनेलाईजेशनसँगै बाँध निर्माणको काम भएको छ ।

जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय सिरहा मार्फत मैनावती नदीमा चेनेलाईजेशन र नदीमा बाँध निर्माण भएपछि त्यस भेगका हजारौ विगहा उवजाउ जमिन कटान हुनबाट जोगिएको स्थानीय जितेन्द्र मंडलले जनाउनु भयो ।

vlcsnap-2023-04-11-11h40m32s203

नदीले धार परिवर्तण गर्दै वर्षेनी खेती योग्य जग्गा कटान गरिदिदा त्यस भेगका स्थानीय चिन्तित बनेका थिए । नदीमा चेनेलाईजेशनसँगै बाँध निर्माणले नदीको वहाव पुरानै दिसातर्फ बग्न थालेपछि नदीको दुवै छेउको उब्जाउ जग्गा बँचेको स्थानीयले उल्लेख गर्नु भयो ।

तराई मधेशमा ठूला, मझौला तथा साना नदी भएर बग्ने बाढीले उत्पात मच्चाउँदा जनधनको ठूलो क्षती गर्दै आएको छ । मधेश प्रदेश सरकारले मधेश प्रदेश अन्तर्गत रहेका ठूला, मझौला तथा साना नदीको पहिचान गरी सोही अनुसारको नदी नियन्त्रण गर्ने कामलाई प्राथमिकता दिएमा स्थानीयहरुको खेती योग्य जग्गा बँच्न सक्ने स्थानीयले आकलन गरेको छ ।