सिरहा ,बैशाख २ गते । सातौं महासम्मेलनले महासंघको नयाँ नेतृत्व चयन गरेको हो  महासम्मेलनमा आयोजक कमिटीका सदस्य र देशभरबाट आएका प्रतिनिधि गरी करिव एकहजार एकसय जनाको सहभागि मध्ये खुल्ला बाट अखिल नेपाल किसान  महासंघको केन्द्रीय सदस्यमा सरोज कुमार यादव  सिरहा बाट चयन भएका छन ।

अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन झापामा आज सम्पन्न भएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेआदिवासी रङ्गशालामा महासम्मेलनको उद्घाटन गरेका छन । 


महासम्मेलनको उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले वर्तमान सरकारले किसानका कुनै पनि समस्या हल गर्नै नसक्ने  बताए । 

 वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै अध्यक्ष ओलीले यो सरकारबाट किसानले केही पाउछौं भन्ने आशै नगरे पनि हुने बताए  । अध्यक्ष ओलीले भोलि हुने प्रधानमन्त्रीसहित ठूला दलका शीर्ष नेताहरूको बैठकमा आफूले किसानका समस्या लगायतका बिषयहरू पनि उठाउने वताउनुभयो । महासम्म्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले किसानका मुद्दा उठाउने पार्टी भनेकै नेकपा (एमाले) मात्रै रहेको धारणा राख्नुभयो ।