सिरहा :चैत २७ गते  । धनुषाको शहिदनगर नगरपालिकामा पीडित शिक्षकहरुले तलबभत्ताको माग गर्दै सोमबार( आज) धर्ना दिएका छन् । 

केही दिन अगाडी शहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै ३ दिनको अल्टिमेटम दिएको थियो । विभिन्न समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ताको माग गर्दै धर्ना दिएको हो । 

उनीहरुले शहिदनगर नगरपालिको कार्यालय अगाडी शुक्रबार धर्ना दिएर विरोध जनाएको हो । विद्यालयमा तलब भत्ता गएपनि शिक्षिक शिक्षिकाहरुले तबलभत्ता नपाएको भन्दै जनप्रतिनीधिलाई ध्यानाकर्षण गराएको हो । 

शिक्षकहरुको तलबभत्ताको लागि आन्दोलनरत शिक्षकहरुले धर्ना दिँदै शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई समेत ध्यानाकर्षण गराएको हो । सो क्रममा मेयर दिनेश यादवले उनीहरुको तलबभत्ताको लागि पहल जारी रहेको र केही दिनमै निष्कर्ष निकालेर निकास दिने प्रतिवद्धता जनाए ।