बारा,असोज २५ गते । नहरको पानीमा डुबेर वारामा एक महिलाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका वडा नम्बर १ पशुरामपुर टोलकी ५० वर्षीय तसलिमा खातुनको पानीमा डुबेर मृत्यु भएको अस्थायी प्रहरी पोष्ट चरमोहनाले जनाएको छ । सोही ठाउँस्थित नहरमा एक महिला मृत अवस्थामा रहेको स्थानीयबाट सूचना प्राप्त भएपछि सोधपुछ गर्दा मानसिक अवस्था ठिक नभएको तसलिमा आइतबार बिहानैदेखि बेपत्ता रहेको तथा साँझ ४ बजे नहरको पानीमा मृत भेटिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
सिरहा,असोज २५ गते । पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।धनुषाको कमला नगरपालिका वडा नम्बर ३ निवासी नागेश्वर साह गाउँकै नहर नजिकको कल्भर्टमा मृत फेला परेको प्रहरीले जनाएको छ । गत बिहीबार साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले जानकारी दिए । साह गत बिहीबार श्रीमतीसँगै लगमा बजार गएका थिए । तर लगमा बजारमा आयोजना गरिएको आर्केस्ट्रा हेरेर फर्किने बताएपछि साहकी पत्नी सुनितामात्रै घर फर्किएकी थिइन् । तर सो रात घर नआएका उनको खोजी गर्दा शव फेला परेको हो । स्थानीयहरुका अनुसार साह मदिरा सेवनकर्
सिरहा, असोज २५ गते ।जय गणेश मिडिया प्रा.लि. धनगढीमाई सिरहाद्वारा संचालित पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूज आजदेखि विधिवत् रुपमा संचालन भएको छ । जिरोमाईलस्थित कार्यालयको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गर्नुभएको छ ।कार्यालयलाई उद्घाटन गर्नुहुँदै नगरप्रमुख चौधरीले अनलाईले श्रमजीवी एवम् पीडितहरुको आवाजलाई सत्य तथ्य परक ढंगले जनमानसमा ल्याउने गरी काम गर्न अनलाईन टिमलाई सुझाव दिनुभएको छ ।देश र जनतालाई केन्द्रमा राखी आवाज विहीनहरुको आवाजलाई बाहिर ल्याउन अनलाईनले अग्रणि भूमिका खेल्नुहुने अपेक्षा गर्दै नगर प्रमुख चौधरीले अनलाईनको उत्तरोत्तर प्रगति शुभकामना समेत गर्नुभएको
सिरहा,असोज २४ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अब्दुल राईन १० हजार घुस सहित अख्तियारको फन्दामा परेका छन् ।वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राईनले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत उनले १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले उनीहरु लाई रँगेहात पक्राउ गरेको हो ।महतो र कम्प्युटर अपरेटर राईनलाई १० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित कार्यकक्ष बाट नियन्त्रणमा लिएको हो । उनीहरु लाई आईतवार नियन्त्रणमा लिएको जनाइएको छ ।वडाध्यक्ष महतो
सिरहा, असोज २४ गते। नाति पुस्ताका ३६ वर्षिय खगेन्द्र लकान्द्रि फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकिकरण र औद्योगीकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइ्हेका छन् ।बालिघरे प्रथा अनुसार चल्दै आएको पुर्ख्यौलि पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, मकैको भरमा कुनै समय बुवा हजुरवुवाले वर्षभरी विष्टको काम गर्ने चलनको अन्तय गर्दै उनी व्यसायीकतामा लागेका हुन् । व्यवसायीकतmाले उनको कमाई र मान सम्मान दुवै बढेको बताउँछन् ।उनको उद्योगमा अहिले दैनिक १० जना कारिगरहरु कार्यरत छ
सर्लाही, असोज २४ गते । ब्लकमा पर्ने जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएपछि सर्लाहीको बरहथवा नगरपालिका– ९, मूर्तियामा गाउँबासी दङ्ग भएका छन् । नापी कार्यालय मलङ्गवाले मूर्तियास्थित वडा कार्यालयसँग समन्वय गरी गाउँ ब्लक जग्गामा संयुक्त रुपमा बसोबास गर्दै आइरहेकाहरुलाई ५९ थान लालपुर्जा प्रदान गरेको हो ।लामो समयदेखि बसोबास र भोगचलन गर्दैआएको जग्गाको लालपुर्जा पाएपछि जग्गाको मालिक भएको भन्दै स्थानीयहरु दङ्ग परेका हुन् । वर्षौसम्म भूमिहिन भएर बसोवास गरिरहेको अवस्थामा सरकारले अहिले लालपुर्जा बाँड्दा अत्यन्तै खुसी लागेको स्थानीय तारा रमौलीले बताउनुभयो । अब दुःख पर्दा बैङ्कमा जग्गा धितो रा
बुटवल, असोज २४ गते। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आईतबार साँझ ४ बजेदेखि कर्फ्यू लगाएको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आईतवार जारी गरेको आदेशमा आईतवार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लगाएको उल्लेख गरिएको छ ।कफ्र्यू लगाएको क्षेत्रमा पूर्वमा तिनाउ नदी ९बुटवल उपमनपा १७ शिवनगरदेखि वडा नंं १८ को सौरहिया पुलसम्म, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ९बुटवल १७०, उत्तर शिवनगर रानीगञ्ज बस्ती९बुटवल १७० र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ औद्योगिक कोरिडोरको जमिन ९धन्दापुर सौरहियासम्म० रहेको छ ।त्यअघि आईतबार दिउँसो मोत
अनुभक्त चौधरीसिरहा,असोज २४ गते । अबैध लागु औषध ओसार पसार गर्ने क्रममा सशस्त्र प्रहरी बल बुधौराले मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला सिरहा सिरहा न.पा. १५ बुधौरा दशगजा स्थितमा प्रहरी चौकी खिरौना सिरहा र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले BR 32AG5511 नं.को मोटरसाईकललाई चेकजाँच गर्दा पक्राउ परेको छ ।पक्राउ पर्नेमा जिल्ला सिरहा सिरहा नगरपालिका २१ लकडीगोठ बस्ने वर्ष १९ को विमलेश कर्ण, ऐ.बस्ने वर्ष २६ को वंशराज मुखिया र जिल्ला सप्तरी राजविराज न.पा. ९ बस्ने वर्ष १९ को निकित कुमारको साथबाट अबैध लागु औषध NITRAVET- 10 नामक लेखिएको १० पत्ता (३०० ट्याव्लेट लागु औषध
सिरहा,असोज २४ गते । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।शाक्यले असोज २४ गतेका लागि प्रदेश सभा आह्वान गरेर विश्वासको
विरगंज,असोज २३ गते । चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले विरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारीलाई पक्राउ गरेको हो । असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको उनीहरु विरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.