पाल्पा,कार्तिक २ गते । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका(११ बस्ने २० वर्षीय प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
तानसेन नगरपालिका–४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीमा आएका थिए ।
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।




















