झापा,कार्तिक २ गते । अवैध लागूऔषध ब्राउनसुगर र डिजिटल तराजु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–९ स्थित रिद्धीसिद्धि प्लाई फ्याक्ट्री छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बिर्तामोड नगरपालिका ९ बस्ने ३४ वर्षीय जगदिश ओलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई चेक जाँच गर्ने क्रममा  ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो  

फाउ परेका ओलीलाई  ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।