लहान,कार्तिक १ गते  । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एकजना कलाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन्  । 

nabin

सप्तरीको डाक्नेश्वरी नगरपालिका  (९ लक्षणपट्टी  बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी कलिलो उमेरमै हाल जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामी भएका छन् ।

धरान , बिराटनगरको विभिन्न अस्पताल हुँदै चौधरीलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ । 

कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको  समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रहेको पारिवारिक श्रोतबाट बुझिएको छ ।

nabin4

बर्षौ देखि कहिले आइसीयु, कहिले भेन्टिलेटरमा राख्नु पर्ने भएकोले छोराको उपचारमा अहिले सम्म ४५ लाख खर्च भैसकेको चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताईन्  । कालाकार चौधरीले दर्जनौ थारु फिल्म र मैथली एल्वमहरुमा अभिनय गरिसकेका छन् । 

२०६४ देखि समाद एफ एम लहानबाट आफ्नो क्यारियरको सुरुवात गरेको उनको ञसैया भ्याल जमैया ,  दिलके टुक्रा , नथिया टुटल सैया खटिया पर , स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरुमा मुख्य पात्र ९ नायक० को रुपमा अभिनय गरिसकेका छन् । 

nabin 2

छोरोको उपचार गर्दा गर्दौ  परिवारिक अवस्था अती दयनीय भऐकोले , सम्पुर्ण कलाकारहरु, बुद्धिजीवी , समाजिक अभियन्ता, समाजसेवी , संघ संस्था , देश , विदेशका प्रवासी कमदारहरु लगायतलाई कलाकार  नवीन चौधरी बचाउ अभियानमा हातेमालो  गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् ।

nabin 3

बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता नस्(२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन चौधरीको परिवारले आग्रह गरेको छ । 

सहयोग गर्ने मनहरुले पैसा जम्मा गरेको भौचर कलाकार नबिन चौधरी बचाउ अभियानझ  फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनहुन अनुरोध गरेका छन् ।

थप जानकारीको लागि चौधरीकी आमा बिशवरी कुमारी चौधरीको मोवाईल नम्बरस्( ९८११७४१३१४ , श्रीमतिको मोवाईल नम्बर ( ९८१४७२२१७७ र कलाकार नबिन चौधरी बचाउ अभियान सम्पर्क नम्बर स्(९८६०३५५३३५ मा जानकारी लिन सक्ने छ । 

बुवा आमाको तीन सन्तान मध्ये जेठो सन्तानको रुपमा रहेको कलाकार चौधरीको  एउटा छोरी छन् ।