सिरहा,कार्तिक २ गते । राति देखी परेको अबिरल बर्षाले किसानले घर भित्रयाउने वेलामा धान वाली नष्ट भएपछि किसान चिन्तित भएको छ ।
खेतमा पाकेर थन्क्याउने बेलामा धान बालीमा क्षति पुगे पछि यहाँका किसानहरु चिन्तित भएका छन ।
अविर वर्षाले धानलाई झार्नुका साथै बोट समेत ढलेका छ । भित्रियाउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको किसान शिब शंकर यादबले बताउनुभयो ।
“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?”
उहाँले भन्नु भयो, रातिदेखि भएको अविरल वर्षाका कारण मेरो दश कठ्ठाको धानमा पानी लागेको छ । मेरो मात्र होईन हावाहुरीले सिरहा जिल्लाका अधिकांश किसानहरुको यही अवस्था रहेको छ । अव हामी किसानहरु बर्ष भरी खान पुग्ने धान नै भएन र ऋण कर्जा लिई खेती गरेको बेचेर साहु महाजनलाई दिने तर अब कसरी कहाँबाट दिने भन्ने चिन्ताले सताई रहेको छ ।
सिरहा जिल्लामा अधिकांश किसानहरु धानवालीमै आश्रित रहेको बताए ।




















