सर्लाहि कार्तिक १ गते – सामाजिक संजाल फेशबुकमा कमेन्ट गरेको विषयलाई लिएर गाँउकै एक स्थानिय माथि पेस्तोल निकालेर आक्रमन गर्न खोजेको एक युवक सर्लाहिको बलराबाट पक्राउ परेको छ ।
प्रहरीले शनिवार बिहान भारतीय सिमासँग जोडिएको बलरा नगरपालिका वाडा नं.३ बस्ने ३२ बर्षीय नवनित झा लाई एक थान पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्यागजिन सहित पक्राउ गरेको हो ।
नवनितले घरमा राखीएको पेस्तोल निकालेर स्थानिय विनय झा माथि आक्रमन गर्न खोज्दा उनलाई स्थानिहरुले प्रहरीमा बुझाएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
सिमा प्रहरी चौकी बलराले झालाई पेस्तोल र म्यागजिनसहित नियन्त्रणमा लिइ थप अनु्सन्धानका लागि जिल्ला प्रहारी कार्यलय मलंगवाको जिमा लगाएको छ ।
उनि उपर अनुसंन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ




















