X wada

मुख्य समाचार

    Showing २,७३१-२,७४० of २,९७२ items.
  • सवारीको ठक्करबाट नागढुङ्गा सुरुङमार्गमा मजदुरको मृत्यु

    काठमाडौं,कार्तिक १२ गते – धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ ।मृत्यु हुनेमा धुनिबेशी नगरपालिका(९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो।घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १३१ पटक पढिएको
  • लालुको शव भारतमा फेला

    सिरहा,कार्तिक १२ गते – अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा बेपत्ता भएका एक युवाको नौ दिनपछि शव भेटिएको छ ।प्रहरीका अनुसार जिता खोलामा आएको बाढीले कात्तिक ३ गते बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षीय लालु भन्ने दिपेन्द्र मण्डलको शव बिहीबार भेटिएको हो । मण्डलको शव दिउँसो १ बजेतिर सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपंचायत १० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको प्रहरीले बताए । तिहार र छठ पर्वका लागि भारतीय बजार कुनौलीबाट किनमेल गरि फर्किदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जिर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको थियो । घट

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १५६ पटक पढिएको
  • वीरगञ्जमा लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गरिँदै

    वीरगञ्ज,कार्तिक १२ गते – वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्ने भएको छ । जाडो मौसम शुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर स्प्रे’ गर्न लागेको हो ।महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अधिकृत सर्फुदिन मियाँले कात्तिक १४ गतेदेखि ऐयर स्प्रे गर्ने तालिका सार्वजनिक गरेका छन् । साँझ ५ बजेदेखि एयर स्प्रे गर्ने महानगरपालिकाले जनाएको छ । डिजलमा मालाथिन मिसाएर स्प्रे गर्ने गरिएको छ ।पहिलो दिन वडा नम्बर १, २ र ३ मा स्प्रे गर्ने कार्यक्रम छ भने अभियान मंसिर १० गतेसम्म चल्ने छ । चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगञ्जमा लामखुट्टेको अत्याधिक प्रकोप देख

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १२८ पटक पढिएको
  • महोत्तरीमा बोक्सो आरोपमा पुरुषमाथि हातपात

    सिरहा,कार्तिक १२ गते – महोत्तरीको औरही नगरपालिका ९ अग्लेशराका ५० बर्षिय व्यक्ति बोक्सो आरोपमा बिहीवार राती कुटिएका छन् ।ती ब्यक्तिलाई सोही स्थानका ४० बर्षिय शिलादेबी मंडल, उनका छोरा १६ बर्षिय रामउदेश मंडल, ३५ बर्षिय दुखियादेबी र उनका छोरा १५ बर्षिय कृष्ण मंडललले बोक्सो आरोपमा कुटपिट गरी मलमुत्र खुवाएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जनकारी दिए ।बिजयादशमी अघि शिलादेबीका श्रीमान् र रुपती संगै बसेर मदिरा सेवन गरेको र सोही रात शिलादेबीको श्रीमानको मृत्यु भएको थियो । हिजो भएको मोटरसाईकल र्दुघटनामा शिलादेबीको छोरा रामउदेशको ज्यान गएपछी टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र ख

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १३८ पटक पढिएको
  • इजलास सञ्‍चालनका विषयमा कानुन व्यवसायीबीच कुटाकुट

    काठमाडौं,कार्तिक १२ गते – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनका अधिकारीहरुबीच विवाद सृजना हुँदा कुटाकुट भएको छ। सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि विवादको वातावरण सृजना भएको हो। स्रोतका अनुसार अधिवक्ता भूमिनन्द चुँडाल र विराट न्यौपानेबीच कुटाकुट भएको हो।बारका अधिवक्ताको एक पक्षले न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको रिट हेर्नुपर्ने र इजलास संचालनको आवाज उठाइरहेको छ भने अर्को पक्षले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म न्यायाधीशहरु इजलासमा जान नहुने अडानमा छ। आन्दोलनका आगामी रणनीति तय गर्न बारको बैठक अहिले पनि जारी छ।प्रधानन्यायाधीश चोलेन्द्र

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १०७ पटक पढिएको
  • मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    झापा, कार्तिक १२ – दुईटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेका गौरादह नगरपालिका ४ निवासी ४० वर्षीय भानु खत्री अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार बिहान ८ बजे गौरादह ४ स्थित धरधरे जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ६ प ५४१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे ९ प २७०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।दुर्घटनामा परी मे ९ प २७०३ नम्बर मोटरसाइकल चालक अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मे ६ प ५४१६ नम्बरको मोटरसाइकल चालक र

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • ९८ पटक पढिएको
  • जनकपुरमा दोस्रो प्रदेश स्तरीय महिला हस्तकला प्रदर्शनी

    सिरहा, कात्तिक १२ गते –कोरोनाको कारण अन्तराष्र्टिय बजारमा हस्तकला निर्यात व्यापार शिथिल हुँदै गएको समयमा जनकपुर धाममा शुक्रवारदेखि दोस्रो प्रदेश स्तरीय महिला हस्तकला प्रदर्शनी हुने भएको छ ।बिशेश गरेर प्रदेश २ तथा देश भरीकै उत्पादित हस्तकलाबाट तयार भएका सामग्रीको बजारलाई ब्यवस्थित बनाउन सो प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए ।मेलाको उद्घाटन प्रदेश २ का महिला बालबालिका तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले गर्नेछन् । प्रदर्शनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकल

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १०९ पटक पढिएको
  • अवैध लागूऔषध सहित एक जना पक्राउ

    कपिलवस्तु,कार्तिक १२ गते – मायादेवी गाउँपालिका–४ चाकरचौडाबाट करिब १ सय २४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाणगंगा नगरपालिका–८ धनेशपुर बस्ने २६ वर्षीय बिजय खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त गेट नजिक लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त अनुसार सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १२२ पटक पढिएको
  • मोरङ्गमा ८ लाख २० हजार रुपैयाँ सहित एक जना पक्राउ

    मोरङ,कार्तिक १२ गते – बिराटनगर महानगरपालिका–१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प. ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १०७ पटक पढिएको
  • रौहटमा आगलागी हुँदा करोडौंको क्षति

    रौतहट,कार्तिक १२ गते – रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ ।गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण समाग्री जलेर नष्ट भएको छ ।  ​आगलागीबाट १० करोड बढीको क्षति भएको हुन सक्ने अनुमान गरिएको डि

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १११ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२