सिरहा, कार्तिक १६ गते । सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल सिरहाले जिल्लाको विभिन्न स्थानबाट पटाका बरामद गरी नष्ट गरेको हो । रकेट पटाका, चक्कर, फुलझरी, खुसार्नी, आलु बम लगायतका पटाका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल सिरहाका प्रवक्ता डिएसपी योगेश दहालले बताए ।
लक्ष्मीपुर पतारी गाउँपालिका ३ महेशपुरमा स २ प ८५५४ र स ७ प ३७५ नम्बरको मोटरसाईकलमा भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको थियो । उक्त मोटरसाईकलमा विभिन्न प्रकारका डेढ लाख मूल्यको पाटाका रहेको डिएसपी दहालले बताए ।
यस्तै सशस्त्र प्रहरी बलको टोलीले सिरहा नगरपालिका १८ बाट १० हजार, औरही गाउँपालिका १ दरैहियाबाट २० हजार, लहान नगरपालिका १ बाट ३५ हजार, भगवानपुर गाउँपालिका ४ वाट ७० हजार र सिरहा नगरपालिका १६ माडरबाट २० हजार गरी करिब ३ लाख वढीको पटाका बरामद गरी नष्ट गरीएको उनले बताए । तिहार र छठमा पटाका पडकाउन भारतबाट अवैध रुपमा नेपाल भित्र्याउने गरिन्छ ।




















