सिरहा,कार्तिक १७ गते । डिभिजन वन कार्यालय सिरहा,लहानले पुनः साल काठ सहित साईकल पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय सिरहा,लहानले गस्तीको क्रममा मंगलबार राती पुनः ६ थान सालको काठ र ३ थान साईकल पक्राउ गरेको छ ।


डिभिजन वन कार्यालय सिरहा,लहान र सव डिभिजन वन कार्यालय मिर्चैयाबाट सस्त्र वन सुरक्षा शाखा प्रमुख ब्रहमदेब यादबको कमाण्डमा खटिएको संयुक्त स्तीटोलीले गोलवजार नगरपालिका र मिर्चैया नगरपालिकाको सिमानामा पर्ने धुर्मीखोला किनारबाट पक्राउ गरेको छ ।
उक्त काठ तस्करहरु छिमेकी जिल्ला उदयपुरबाट लुकीछिपी ल्याई विभिन्न सःमिलमा बेचने गरेको विशेष सुचनाको अधारमा पक्राउ गरेको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताए ।
यस अधि डिभिजन वन कार्यालय लहान,सिरहाले २४ थान सालकाे काठ पक्राउ गरेका थिए ।