बाँके,कार्तिक १५ गते – बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी खजुरा गाउँपालिका(३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ