सिरहा,कार्तिक १७ गते –गोलबजारमा स१त  ७९५ नम्बरको ट्रयाक्टरबाट लडेर एक बालकको ज्यान गएको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नं ४ चोहर्वा निवासी नशिवलाल सदाको छोरा अन्दाजी बर्ष १० को  निसान्त सदाको बुधबार बिहान ट्रयाक्टरबाट लडेर ज्यान गएको गोलबजार प्रहरीले बताए ।

सगुन ईंटा उद्योग गोलबजारको लागि चोहर्वा गाउँको बाटो हुँदै मैनावती खोलाबाट बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा  ट्रयाक्टरको इन्जिन भएको  सिटबाट लडेर घाइते भएको बालकलाई उपचारको लागि लहान लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताए ।   ट्रयाक्टर गोलबजार प्रहरीको नियन्त्रणमा रहेको र चालक फरार रहेको   प्रहरीले बताएको  छ