सिरहा,कार्तिक १५ गते । सिरहा प्रहरीले अबैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको अबैध औषधी सहित २ जनालाई पक्राउ गरेको छ ।
लहान नगरपालिका–१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लहान नगरपालिका–१ बस्ने २२ वर्षीय शतरुधन राम र बरियारपट्टि गाउँपालिका वडा नं. ५ बस्ने १८ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरु प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधि सहित फक्राय गरेको छ ।
प्रहरीका अनुसार किशोरको साथबाट नगद ४३ हजार नेपाली रुपैयाँ र टेम्पु चालक शतरुधनलाई ट्याम्पु सहित पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति र ट्याम्पु उपर आवश्यक अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




















