X wada

मुख्य समाचार

    Showing २,३२१-२,३३० of २,९७२ items.
  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    स्याङजा,पुष २ गते – आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा भिरकोट नगरपालिका(६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस २, २०७८
    • ११३ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुटा छुटै स्थानबाट पक्राउ

    कञ्चनपुर,पुष २ गते – बेलौरी नगरपालिका–८ पचुई कालोपुल नजिकबाट करिब ९ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित कैलाली धनगढी उपमहानगरपालिका१३ मोहनपुर बस्ने २८ वर्षीय लक्ष्मण सिंह धामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दमक नगरपालिका–७ मानव अधिकार टोलबाट ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ५० वर्षीया मुन्नी बेगमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आध

    • प्रकाशित मितिः पुस २, २०७८
    • ११७ पटक पढिएको
  • बेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न पक्राउ

    सुनसरी,पुष २ गते –  इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका५ बस्ने २० वर्षीय मिनराज पराजुली रहेका छन् । उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको होउनीहरु उपर  मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७

    • प्रकाशित मितिः पुस २, २०७८
    • १२० पटक पढिएको
  • सबै स्थानीय कार्यालयमा टेलिकमको सेवा

    काठमाडौँ, पुष २ गते – सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ । सम्झौताअनुसार मन्त्रालयले यी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवाका लागि माग सङ्कलन तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार

    • प्रकाशित मितिः पुस २, २०७८
    • १४३ पटक पढिएको
  • १७ लाख बालबालिकालाई खोप

    काठमाडौँ, पुष २ गते – बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदैछ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूूरा भएको जानकारी दिएको छ ।नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने तयारी पूूरा भएको बताउनुभयो । पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर

    • प्रकाशित मितिः पुस २, २०७८
    • १३१ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा छुटा छुटै स्थानबाट पक्राउ

    पर्सा,पुष १ गते – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका– १६ नगवाटोल बस्ने १९ वर्षीय नितेश कुमार महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महतोले ती किशोरीलाई १ महिनादेखि बारम्बार फोन गरी मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई मंसिर २३ गते कलेज पढन जाने क्रममा बहुदरमाई नगरपालिका–४ टोल डकैलास्थित आफ्नो दिदीको घर कोठामा लगि मंसिर २६ गतेसम्म पटक–पटक करणी गरेको भन्ने जाहेरी दर्खास्त प्राप्त हुनासाथ खटिएको प्रहरीले महतोलाई वीरगञ्ज महानगरपालिका–१६ नगवाबाट पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्ध

    • प्रकाशित मितिः पुस १, २०७८
    • १२१ पटक पढिएको
  • नक्कली नेपाली रुपैयाँ सहित पक्राउ

    रौतहट,पुष १ गते  – परोहा नगरपालिका– ८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् । बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रुपैयाँ सहित फेला पारी मोटरसाइकल चालक बिकाश र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस १, २०७८
    • १८७ पटक पढिएको
  • नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ

    झापा,पुष १ गते –  नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका– ६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त टुर्स एण्ड ट्राभल्सको कार्यालयमा रहेको २ थान ल्यापटप र १ थान प्रिन्टर बरामद गरेको छ । अनुसन्धानको क्रममा उक्त ल्यापटपमा मेची अञ्चल अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल, नेशनल पब्लिक हेल्थ ल्याबोरेटरि काठमाडौंको अफिसियल प्याडहरूलाई

    • प्रकाशित मितिः पुस १, २०७८
    • १३६ पटक पढिएको
  • बिजुलपुरा–बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण

    सिरहा,पुष १ गते – भारत सरकारले निर्माण गर्ने जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत बिजुलपुरा– बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण सकिएको छ ।भारत सरकारले धनुषा जिल्लाको कुर्थाबाट महोत्तरीको बिजुलपुर ासम्म रेलमार्ग निर्माण गरिरहँदा त्योभन्दा अगाडिको खण्डमा पनि निर्माणस्थल खाली गरिएको हो । पहिले बिजुलपुरादेखि बर्दिवास खण्डमा जग्गा प्राप्तिको समस्या रहेको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए । अहिले जग्गाको मूल्य निर्धारण भइसकेको थियो । बर्दिवास स्टेसनको जग्गा प्राप्ति गरिएको उनले बताए । उनले भने–‘जग्गाको मुआब्जा निर्धारण भएको छ, अब जग्गा छुट्ट्याउनुपर्छ ।’ विभागले जग्गा छुट्ट्याइरहँदा

    • प्रकाशित मितिः पुस १, २०७८
    • १५८ पटक पढिएको
  • युवकको हत्या

    दमक,पुष १ गते – झापाको दमक बजारमा बुधबार राति ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (प्रनाउ) नवराज कार्कीले जानकारी दिए ।गम्भीर घाइते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृत्यु भएको प्रनाउ कार्कीले बताए । घटनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् ।                   प्रहरीले सो घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ

    • प्रकाशित मितिः पुस १, २०७८
    • ११३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२