अनुभक्त चौधरी,लहान, पुस ४ गते । सिरहाको लहान नगरपालिका वाडा नं। ३ मा नेपालकम्युनिष्ट पार्टी एकिकृत समाजवादीको वडा कमिटी गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृतका केन्द्रीय सदस्य सत्यनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट १२ सदस्य समिति गठन भएको हो ।

नव गठित समितिको अध्यक्षमा ज्ञान कुमार महतो,उपाध्यक्षमा कुसेश्वर साह,सचिवमा राधा चौधरी, सह सचिवमा सुरेन्द्र महतो लगायत रहेका छन् ।

267485330_942911563023357_1005841069705557815_n

लहान नगर भित्र अझै केही वाडमा कमिटी गठन गर्न बाँकी रहेकोले अब केही दिनमै नगरका अन्य वडामा पनि कमिटी गठन गरिने नेता यादवले उल्लेख गर्नुभयो । कार्यक्रमको अध्यक्षता  लहान नगर कमिटी सदस्य सोनेलाल कुशवाहाले गर्नुभएको थियो ।