सिरहा,पुस ५ गते। गोलवजारमा अबरुद्ध सडक खुलाउन प्रहरीले बल प्रयोग गर्न खोज्दा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुदाँ दुई जना घाईते भएका हुन ।

प्रहरीको लाठिचार्जबाट मृतक रामकुमारका दिदी कर्जन्हा नपा ५ बस्ने समलिया सदायको टाउको फूटेका हुन  । उनको गोलबाजरस्थित भुमिजा अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीलाई भने आन्दोलनकारीले लखेटेर ईलाका प्रहरी कार्यालय पसाएका छन् । प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा समेत गरेपछि अवस्था तनावग्रस्त भएको छ ।

शनिवार साँझ छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ का २६ बर्षीय रामकुमार सदायको मृत्यू भएको थियो । छुरा प्रहारबाटै उनकै साथी निकेश सदाय गम्भीर घाईते छन् । उक्त घटनाको विरोधमा आईतवार राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले २४ घण्टाभित्र अपराधीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएका पनि हाल सम्म दोषी पक्राउ नगरेको भन्दै आज विहानैदेखि राजमार्ग पुनः अवरुद्ध पारेका छन् ।

राजमार्ग अवरुद्धका कारण हजारौं सवारी साधन अलपत्र परेको छ । आन्दोलनकारी सडकमा ठूल ठूला लाठि लिएर बसेका छन् ।