काठमाडौं, पुष ५ गते – कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा रहेको तृष्णा जोन हार्डवयेर एण्ड रङ डिलरमा आगलागी भएको छ ।

सोमबार विहान करिब ३ः३० बजे विद्युत सर्ट भइ हार्डवयेर एण्ड रङ डिलरमा आगलागी भएको हार्डवयेर सञ्चालक युवराज खत्रीले अनुमान गर्नुभएको जानकारी दिनुभएको छ ।

आगलागीबाट पसलमा रहेका छड, सिमेन्ट, जस्ता, रङ्ग, रङ्ग बनाउने मेसिन, ल्यापटप, नगदलगायत सामाग्री जलेर नष्ट भएको छ । प्रहरी, स्थानीय र दमकलको सहायतामा करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी विद्युत् सर्ट भएकाले भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ