काठमाडौं, चैत ५ गते । २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले निर्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालन भएको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत जडान हुने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने
मोरङ — प्रदेश १ सरकारले सञ्चार माध्यमको विकास, प्रवद्र्धन र नियमनका लागि भन्दै ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ ल्याएको छ । प्रदेश सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले उक्त विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । प्रदेश १ भित्र सार्वजनिक रुपमा पत्रपत्रिका वितरण गर्न प्रदेश मिडिया काउन्सिलमा दर्ता गर्नुपर्ने र यसअघि दर्ता भएका पत्रपत्रिका अभिलेखीकरण गराउनु पर्ने विधेयकमा व्यवस्था गरिएको छ ।विधेयकमा ७ सदस्यीय प्रदेश मिडिया काउन्सिलको व्यवस्था गरिएको छ । सञ्चार क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा ५ सदस्यीय मिडिया काउन्सिल अध्यक्ष सिफारिस समिति गठन गर्ने व्
सिरहा,चैत २ गते। स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ।उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन पाइने छ।सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो।त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको
काठमाडौं,फागुन २७ गते – सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताएका छन्। बरू थप व्यवस्थित गर्न खोजिएको दाबी उनको छ।मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नयाँ नियम कार्यान्वयनमा आएपछि अभिव्यक्ति स्वतन्त्रता पनि व्यवस्थित हुने उनले बताए। ‘युट्युबलाई नियन्त्रण गर्ने होइन। नियमन गर्न नयाँ नियम बनाएको हो। यसले युट्युबलाई थप व्यवस्थित गर्छ,’ उनले भने, ‘युट्युब चलाउनका लागि तोकिएको रकमका विषयमा छलफल गरेर निर्णय गर्न सकिन्छ।’उनले युट्युवलाई नियमन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई
काठमाडौं,फागुन २६ गते – आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।दिवसका अवसरमा चिकित्सा शिक्षाका विद्यार्थीहरूले काठमाडौंमा र्याली निकालेका छन् । वसन्तपुरबाट मिर्गौलासम्बन्धी जनचेतनामूलक र्याली निकालिएको हो । हरेक वर्ष मार्च १० तारिखका दिन विश्वभर मिर्गौला दिवस मनाइन्छ ।
काठमाडौं,फागुन २६ गते – नेपाल प्रहरी साइबर ब्युरोको प्राविधिक तथा भौतिक उन्नतिका लागि दक्षिण कोरियाले ९० करोडभन्दा बढी प्रदान गर्ने भएको छ। कोरिया सरकारको कोरियन इन्टरनेसनल कोअपरेसन ‘कोइका’ एजेन्सीले साइबर ब्युरोको नयाँ संरचना निर्माणमा सहयोग गर्न लागेको हो। जसका लागि गृह मन्त्रालय र दक्षिण कोरिया सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। उक्त रकम साइबर ब्युरोको भौतिक संरचना निर्माण, प्राविधिक जनशक्ति उत्पादन तथा प्रहरीको क्षमता अभिवृद्धिमा खर्च हुनेछ। परियोजना पाँच वर्षभित्र पूरा हुने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए। केही समयमै भौतिक संरचना निर्माण सुर
काठमाडौं,फागुन २३ गते – सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ। युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली एघारौं संशोधन गर्दै युट्युबलगायत इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो। युट्युब सञ्चालन गर्न ५ लाख रुपैँया चाहिने र इजाजत लिनुअघि उपभोक्ताको उमेर बर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ।बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ’यु’ रेटिङ, १० वर
सिरहा,फाल्गुन २० गते । दक्ष एवम् गुणस्तरीयता सहितको सिभिल ईन्जिनियरिंग र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको शिक्षा अब मनमोहन प्राविधिक विश्वविद्यालयले दिने भएको छ । विश्वविद्यालयद्वारा सिरहाको लहानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा एक नं. प्रदेश सरकारद्वारा नेपालकै पहिलो विश्वविद्यालयको सम्बन्धन पाएका मनमोहन प्राविधिक विश्व विद्यालयले न्यूनतम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने उद्देश्यसहित यसपल्ट सिभिल ईन्जिनियरिंगमा २४ सिट र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिंगको लागि २४ सीटमा भर्ना खोलिएको हो । युवाहरुलाई प्राविधिक शिक्षा
काठमाडौं,फागुन १० गते – प्रहरीले लुकिछिपी बस्दै आएका चिनियाँ नागरिकसहित ३७ जनालाई मध्यबानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ। प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुलाई नयाँ बानेश्वर वृतमा राखिएको छ। उनीहरु कल बाइपासमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ, माघ १९ गते । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिन स्मार्ट मिटर जडानका विभिन्न योजनामा लागेको नेपाल विद्युत् प्राधिकरण त्यसका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको लाइसेन्स भने पाएको छैन । तीन वर्ष पहिले नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत लाइसेन्सको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पठाए पनि अनुमति पत्र पाउन सकेको छैन ।प्राधिकरणले काठमाडौँ दुई वितरण केन्द्र रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमातहत ९२ हजार ग्राहकलाई स्मार्ट मिटर जडान कार्य थालनी गरेसँगै प्रस्ताव पठाएको थियो । स्मार्ट मिटर जडानको काम सम्पन्न भइसकेको छ तर रेडियो फ्रिक्वेन्सी सञ्चालनको अनुमति भन
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.