X wada

स्थानिय

    Showing ६९१-७०० of १,३२३ items.
  • अख्तियार २२ हजार ६ सय पच्चीस उजुरी सिरहा दोस्रो स्थानमा

    सिरहा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जय बहादुर चन्दले दिन प्रति दिन भ्रष्टाचार मौल्याउँदै गएकाले भ्रष्टाचार नियन्त्रण गर्न सबैले हातेमाले गर्नुको विकल्प नरहेको वताउनुभएको छ ।अख्तियार नियन्त्रण कार्यालय बर्दिवासले आज सिरहामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्धन कार्यक्रममा बोल्नुहुँदै आयुक्त चन्दले कोरोना महामारीको बिच पनि आर्थिक वर्ष २०७७।०७८ मा आयोगमा विभिन्न माध्यमबाट २२ हजार ६ सय पच्चीस उजुरीहरु प्राप्त हुनु दुख्द रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।सीमित श्रोत साधनको बीच पनि आयोगले दिन हालसम्म विभिन्न माध्यमबाट आएका उजुरी मध्ये ६४.२३ प्रतिशत मुद्दा फरछ्यौट

    • प्रकाशित मितिः चैत १, २०७८
    • २७९ पटक पढिएको
  • नगरपालिका भवन उद्घाटन

    सिरहा,फाल्गुन ३० गते । सिरहास्थित धनगढीमाई नगरपालिकाको करिब १४ करोडको लागतमा निर्माण भएको सुविधा सम्पन्न पाँच तल्ले भवनको आज विधिवत् रुपमा उद्घाटन भएको छ । तीन वर्षको अथक प्रयासपछि निर्माण भएको नव निर्मित भवनलाई उद्घाटन गर्नुहुँदै नगर प्रमुख हरिनारायण चौधरीले जनतासँग गरेको बाचा मध्ये नगरपालिकाको गौरवको योजना प्रशासकीय भवन निर्माण सम्पन्न भएको प्रति आफूलाई थप उत्साहित बनाएको बताउनुभयो । भवन अभावमा कार्यालयहरु छुट्टा छुट्टै रहेकाले छिटो छरितो रुपले जनताले पाउने सुविधाबाट वंचित रहँदै आएका कारण आफूलाई खिन्नता महसुस भइरहेको वताउँनु हुँदै नगरप्रम्ुख चौधरीले निर्धारित समयमै भवन निर्माण सम्प

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • २७३ पटक पढिएको
  • बेउला कार दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिरहा,फाल्गुन ३० गते । बेउला चढेको गाडी सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।  घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ । आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो ।

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • १३६ पटक पढिएको
  • गाँजासहित एक जना पक्राउ

    महोत्तरी,फाल्गुन २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा बरामद भएसँगै

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १४२ पटक पढिएको
  • मध्यरातमा आगलागी, २५ घर जलेर नष्ट, लाखौंको क्षति

    सप्तरी,फाल्गुन २९ गते । सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला  मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको २५ घर जलेर नष्ट भएको हो ।आगलागीबाट दिनेश यादवको चार वटा घर, श्याम यादवको एक घर, डम्बर यादवको चार घर, भोला यादवको दुई वटा घर, फुलदेव यादवको दुई घर, महेश यादवको एक घर, मनोज यादवको दुई घर, सत्यनारायण यादव र अमरेन्द्र यादवको एकसहित २५  वटा घर जलेर नष्ट भएको छ।स्थानीय चनरी देवी यादवले छोरीको विवाहको लागि जोहो गरेको लुगाफाटो र अन्य सरसामान जलेर नष्ट भएको दुखेसो पो

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १४२ पटक पढिएको
  • मोरङमा डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कारपछि हत्या

    मोरङ्ग,फाल्गुन,२९ गते । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी(८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका( ७ का २५ वर्षीय अजय चौधरी  र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको  वनमारा र  बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ । घटनास्थल बालिकाको घरदेखि १५० म

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • १२२ पटक पढिएको
  • १९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

    रौतहट,फाल्गुन २७ गते । मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थानाक्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसादलाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं एसपी ध्रुव कार्कीका अनुसार भारतीय बजार बाट ठुलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपैयाँ ल्याइरहेको सूचनाको आधारमा

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १३८ पटक पढिएको
  • ‘निर्वाचनमा उम्मेद्ववारले ५ करोडसम्म खर्च गर्न पाउनुपर्छ’

    काठमाडौं,फागुन २७ गते –  केही राजनीतिक दलहरुले ५ करोडसम्म खर्च गर्न पाउनुपर्ने माग राखेका छन्। निर्वाचन आयोगमा राजनीतिक दलहरुसँगको छलफलमा केही दलहरुले प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा ५ करोडसम्म बनाउनुपर्ने माग राखेका थिए। चुनाव खर्चको सीमा वैज्ञानिक नभएको भन्दै उम्मेद्ववारको खर्च सीमा बढाउनुपर्ने बताएका हुन्।नेकपा माओवादी केन्द्रका निर्वाचन विभाग प्रमुख लिलामणि पोखरेलले बैठकमा कम खर्चमा धाँधलीरहित निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका थिए। बैठकमा निर्वाचन प्रचारप्रसारका क्रममा उपयोगमा आउने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्न दलहरुले आयोगलाई ध्यानाकर्षण गराएका थिए। सो क्रममा आयोगले छुट्ट

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २४१ पटक पढिएको
  • अवैध काठसहित तीन जना पक्राउ

    विरगंज,फागुन २७ गते – डिभिजन वन कार्यालय बाराले तीन जना सहित काठले भरिएको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । तामागढी कोल्हबी सड्क खण्डबाट सुबेदार ध्रुब कुमार कटुवालको नेतृत्वमा गएको टोलीले करिब ५२ क्युफिट चिरानको काठ बरामद गरेको हो । भुसको बोराले छोपेर ट्रयाक्टरमा काठ लोड गरी लैजाँदै गरेको अवस्थामा वन गस्ती टोलीले तीन जना व्यक्ति सहित काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सिमरा ,बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिए ।बिहान तीन बजे काठ लोड गरिएको ना.४ त ७७९ नम्बरको ट्रयाक्टरलाई बा. ६४ प ७८३४ नम्बरको स्कुटीमा बसी निजगढ नगरपालिका–८ का २९ वर्षीय चन्द्र माझी र जीतपुरसिमरा उपमहानगरपालिका–

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • २३२ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पक्राउ

    काठमाडौं,फागुन २७ गते –  महानगरपालिका – ४ सुकेधाराबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ६१ एम्पुल, नुर्फिन १ सय ३८ एम्पुल र फेनारगम १ सय ६१ एम्पुल सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गौशाला बस्ने सिरहा लहान नगरपालिका– २३ गाढा घर भएका र काठमाडौं बत्तीसपुतली बस्ने सप्तरी रूपनी नगरपालिका(१ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । उक्त स्थानमा लागूऔषध बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद अनुमति लिई

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • १९२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२