सिरहा,चैत्र ३ गते । धनगढीमाई नगरपालिका सिरहाले आफ्नै लगानीमा दुई करोडको लागतमा सडक बनाउने भएको छ । सुविधासहितको बन्न लागेको उक्त सडक नगरपालिकाकै सबैभन्दा बढी रकम खर्च गरिएर बनाउन लागेको सडक हो । नगरपालिकाले यो सडकलाई नमूना एवम् गौरवको योजनाको रुपमा लिएको छ । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । 

4 5

नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शुभकामना आदान प्रदान कार्यक्रम नगर प्रमुख चौधरीले सामाजिक रुपान्तरणको महाअभियानको जिम्मेवारी हामी सबैको काँधमा आएकाले सबै मिली समाजमा रहेका कुरिति, कुसंस्कारलाई चिर्दै समाजवाद उन्मुख गतिविधिमा लाग्न आग्रह गर्नुभयो । समाज रुपान्तरणको लागि हामी सबै आफैले आफैलाई संकल्प गर्न सकियो भने सामाजिक रुपान्तरणको प्रक्रिया अगाडि बढ्ने उल्लेख गर्नुभयो । 

3 5

नजिकिंदै गरिएको चुनावतर्फ ईगित गर्दै नगर प्रमुख चौधरीले नगरपालिकामा एकीकृत नेकपा माओवादीलाई हार्ने छुट नभएकोले १४ वटै वडामा भइरहेको राजनैतिक गतिविधिलाई अझ सशक्त ढंगले अगाडि बढाउन सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेश सदस्य शुभराज लामा, बुद्धिजीवीहरु नवराज लामा, प्रकाश खड्का, सुरेन्द्र महतो, तेजबहादुर आले, ९ नं. वडा अध्यक्ष प्रकाश योन्जन लगायतकाले आ आफ्नो धारणा राख्नुभएको थियो । 

1 5

बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिका अध्यक्ष ब्रहमदेव यादवको अध्यक्ष, नगरप्रमुख हरीनारायण चौधरीको प्रमुख आतिथ्यता एवम् सुजित चौधरीको संचालनमा सम्पन्न होली विशेष शुभकामना आदान प्रदानमा नगर क्षेत्रभरीका उल्लेख्य बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।