सिरहा,चैत्र ३ गते ।जनकपुरमा आज देखि दुई दिने होरी महोत्सव सुरु भएको छ । होरी महोत्सव संगै भोली शुक्रबार महामूर्ख सम्मेलनको आयोजना गरिने र महामूर्खको उपाधि घोषणा गरिने मिथिला नाट्यकला परिषदले जनाएको छ । मिनापले प्रत्येक वर्ष परम्परागत संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दै होरी महोत्सव गर्दै आएको छ । आज हास्य कवि गोष्ठी र होरी महोत्सव गरिनेछ ।
होरी गायन प्रतियोगितामा मधेश प्रदेशको धनुषाको गिद्धा, बेलापट्टी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरी जिल्ला सहित होरी र जोगिराको गायन प्रतियोगितामा विभिन्न १० टिम सहभागीता रहने मिनापले जनाएको छ ।
शुक्रबार महामूर्ख सम्मेलनबाट विभिन्न उपाधिसहित पदवीको घोषणा गरिने मिनापले जनाएको छ । मिनापले यस पटकको महामूर्खका लागि करिब दुई दर्जन विशिष्ट व्यक्तिहरुको सूची बनाएको छ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, भाषा वैज्ञानिक डा। भोगेन्द्र यादव, भाषाविद् डा। रामदयाल राकेश, प्रा।डा। भोगेन्द्र झा मध्ये एक जनालाई महामूर्खको उपाधि प्रदान गर्ने योजना रहेको उल्लेख गरको छ । त्यस्तै अन्य १ दर्जनलाई अन्य उपाधि प्रदान गरिने गरिने छ भने जनकपुरधाममा ०६१ सालदेखि मिनापले महामूर्ख सम्मेलन गर्दै आएको छ ।




















