सिरहा,चैत्र ४ गते ।सिरहाको धनगढीमाई नगरपालिका वडा नं.११ स्थित आँप चौकमा चेक जाँचको क्रममा हतियारसहित धनगढीमाई नगरपालिका वडा नं.११ का ४२ वर्षीय ब्रहमदेव यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनगढीको प्रहरी टोलीबाट पक्राउ परेका यादवको साथबाट fyaf6 BR 32 AB 0449 को मोटरसाईसँगैMade In Italy लेखिएको पेस्तोल, सोमा लाग्ने ५ राउण्ड गोली, एक थान म्याग्जिन र एक थान मोवाइल बरामद गरिएको छ ।

विभिन्न अपराधिक गतिविधिमा संलग्न यादव प्रहरीको निगरानीमा रहेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस पार्टीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न यादवको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवाष बुढाथोकीले जानकारी गराएका छन् ।




















