सिरहा, चैत्र ४गते ।   सद्भाव, अपनत्व भावना मिसिएको होली पर्व आज तराई मधेशको जिल्लाहरुमा धुमधामसँग आज मनाइँदैछ । त्यस क्रममा सिरहाका गाउँ, शबहर सबैजसो ठाउँमा होलीले रौनकता लिएको छ । एक अर्कालाई अबिर र रंग दलिएर रमाइलो गर्ने गरिएको छ ।

4 6

विगत दुई वर्षदेखि कोरोना महामारीका कारण विभिन्न चाडवाडसँगै होली पनि मनाउन नपाएकाले यसपल्ट होली खुबै धुमधामसँग मनाइँदैछ । यद्यपि पहिलाजस्तो होली पर्वको दिन एक अर्कालाई रंग लगाएर सम्मान दिने चलन भने हराउँदै गएको छ । के शहर के गाउँ सबै गाउँमा मैथिली, भोजपुरीका अश्लील गीत बजाएर गाउँघरका युवाहरुले उद्यम मचाएका छन् । \

1 6

केही केही ठाउँमा बुढापाका तथा युवाहरु डम्फु ढोलक, हरमुनियम लिएर समूहमा गीत गाएर रमाउने गरिएपनि अधिकांश ठाउँमा युवाहरुले डिजे बजाएर अश्लीलता गीतमा नाचेको देखिएको छ । तराईका सबै जिल्लाहरुमा आज होली पर्व मनाइए पनि जनकपुरमा भने भोलि मनाइँदैछ ।

5 3