X Sharama Funecure

स्थानिय

    Showing २९१-३०० of १,३१५ items.
  • चालक सहित सवारी साधन पक्राउ

    सिरहा , मंसिर १५ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ सर्रे खोलाबाट आज डिभिजन वन कार्यालय लहान सिरहाले अवैध रुपमा नदी उत्खनन् गरी नदीजन्य सामाग्री लगिरहेको अवस्थामा चालकसहित सात वटा ट्याक्टर र एउटा जे.सी.भी. नियन्त्रणमा लिएको छ । जिल्ला समन्वयन समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको नेतृत्वमा डिभिजन वन कार्यालय प्रमुख सुजित कुमार झासहितको टोलीले शुक्रबार विहान नियन्त्रणमा लिएकोे सव डिभिजन कार्यालय धनगढीका निमित्त प्रमुख कासिन्दर यादवले जनाएको छ । सवारी साधनसहित पक्राउ परेकाहरु धनगढीमाई नगरपालिका वडा नं. ९ का मंजित यादव, नरहा गाउँपालिका वडा नं. २ का फुलकुमार यादव, बरियारपट्टि

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ५५३ पटक पढिएको
  • सिरहाका पालिकामा ७ अर्ब बेरुजु

    सिरहा,मंसिर १५ गते । सिरहाका १७ वटै पालिकामा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिबाट ६ अरब ८२ करोड ६१ लाख ५८ हजार ७ सय रुपैयाँ बेरुजु रकम असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले सिरहामा पनि बेरुजु बढिरहेको देखाएको हो।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ। सोही ऐनको दफा ८४ ९२० ९घ० बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि सिरहाका स्थानीय पालिकाका कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता देखाएका छैनन्।महालेखा परीक्षकको कार्यालयको प्

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ३,४१२ पटक पढिएको
  • भन्सार छलिका लाखौको सामान सहित एक जना पक्राउ

    सिरहा,मंसिर १५ गते । सिरहाको सिरहा नगरपालिका वडा नं. १४ बाट भन्सार छलिका १३ लाख भन्दा बढीको सामान सहित गाडि तथ एक व्याक्ति सहित भन्सार कार्यालय सिरहामा राखिएको छ ।भारतिय वजार बाट भन्सरार छलिस १ च १५९ नम्वरका महेन्द्रा कमाण्डर जिपमा ल्यउदै गरेको अन्दाजि  मुल्य रु।१३०२४००र(  पालिकाको वडा नं. ४ रमौल बाट विशेष सुचनाको आधारमा शस्त्र प्रहरी वल नेपाल नं. ७ गण हेडक्वाटर सिरहा बाट खटिएको टोलिले नियण्त्रमा लिई भन्सारमा बुझईएको हो ।विहिवार राति कारिव ८ बजेको समयमा कपडा,किराना सामानहरु ,गाडि र एक जना व्यक्ति  सहित आवश्यक कार्वाहिको लगि  भन्सार कार्यालय माडरमा बुझईएको शस्त्र प्रहरी वल क

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ४५९ पटक पढिएको
  • परालले छोपेको अवस्थामा शव भेटियो

    धनुषा,मंसिर १२ गते । धनुषाको धनौजी गाउँपालिकामा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।पालिकाको वडा नं.४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा शव फेला परेको हो ।मंगलबार (आज ) स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा  दुई  तीन दिन अघि नै हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान भई रहेको प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • १,०१५ पटक पढिएको
  • कमला नदीमा नुहाउनेहरुको भीड

    सिरहा,मंसिर ११ गते । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा स्नान गर्ने श्रद्धालुहरुको  आज असंख्य रुपमा घुइँचो लागेको छ ।  आइतबार साँझबाट सिरहा, धनुषा, महोत्तरी लगायत भारतको विहारबाट समेत श्रद्धालुहरु कमला नदीको सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाटमा स्नान गर्न पुगेका हुन् ।विशेष गरी ग्रामीण क्षेत्रका टुनामुनामा विश्वास गर्नेहरुले आजका दिन कमला नदीमा स्नान गरे तन्त्र मन्त्रमा सिद्धि हुने जनविश्वासको कारण कमला नदीमा नुहाउनेहरुको भीड लागेको हो । कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरे रोग व्याधि नलाग्ने जनविश्वास रहेपनि पछिल

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • १,२७७ पटक पढिएको
  • खेल राष्ट्रकै पहिचान भएकाले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने : मन्त्री महतो

    सिरहा, मंसिर १० गते । वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसार महतोले सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा शनिबार देखि बन्दिपुरमा भइरहेको दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन समारोहमा सम्बोधन गर्दै खेलले व्यक्तिको पहिचान र क्षमतालाई मात्र नभइ सिंगो नेपाल राष्ट्रकै पहिचान दिलाउने प्रतिनिधी भएकाले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन खेल बिरगंज यूनाइटेड, बारा ११० र वसाहा क्लव, उदयपुर बीच भएको छ । खेलमा ३–० अन्तरले बिरगंज यूनाइटेड,बारा ११० ले जित हात गरेको छ । खेल सुरुभएको ३ मिनेटमा पहिलो गोल गर्दै अ

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • ४८५ पटक पढिएको
  • कमल दह मेलामा श्रद्धालु आगन्तुकहरुको भीड

    सिरहा,मंसिर ७ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदह मेलामा आजदेखि श्रद्धालु आगन्तुकहरुको भीड लागेको छ । प्रत्येक वर्ष आज हरिबोधिनी एकादशीको दिनदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विहारबाट श्रद्धालुभक्तजनहरु आएका हुन् । मेलाको उद्घाटन मधेश प्रदेश सरकारकार श्रम तथा यातायात मन्त्री चन्दन सिंहले गर्नुभएको हो । मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले ऐतिहासिक तथा धार्मिक स्थल कमलदहको संरक्षण सम्बर्धनसँगै पर्यटकीय क्षेत्र बनाउन आफूले पहल गर्ने वताउनुभएको छ । मेलालाई भव्य वनाउनका लागि विगत झैँ यसप

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • ८५७ पटक पढिएको
  • मुर्रा राँगा लहानमा पनि ल्याईने

    सिरहा,मंसिर ६ गते । आज बाँकेको नपालगंज स्थित रुपैडिया– जमुनाहा नाकाबाट भित्र्याईने मुर्रा राँगा सिरहाको लहानमा पनि राखिने भएको छ ।विभाग माताहतका राष्ट्रिय पशु प्रजनन कार्यालयले राँगा बाट वीर्य उत्पादन गर्नका लागि सिरहाको लहान,पोखरा र नेपालगंजमा राखिने भएको छ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने मन्त्रालयले जनाएको छ ।१५ वटा उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएको राँगाको स्याहार गर्न एक जना भेटेनेरी डाक्टर पनि संगै  रहेको  नेपालगंज स्थित पशु क्वारेनटाईन कार्यालयले जनाएको छ ।स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाईने मुर्रा राँगालाई एक दिनका ल

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • ३८६ पटक पढिएको
  • बारामा मेलाको विषयमा झडप, दुई घायते, प्रहरीले गोली चलायो

    बारा,मंसिर ५ गते । बारा जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा प्रहरीले हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मेला लगाउने विषयमा दुई पक्षबिच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न सोमबार राति ८ राउन्ड गोली हवाई फायर गरेको हो सोमबार राति करिब १० बजे झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवादको क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत भएको थियो ।उक्त स्थानमा तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको थियो ।केही समयपछि करिब ११ः४५ बजे पुनः झडप

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • ५८९ पटक पढिएको
  • उदाउँदै गरेको सुर्यलाई अरग दिदै छठ पर्व समापन

    सिरहा,मंसिर ४ गते । छठ पूजाको अन्तिम दिन उदाउदै गरेको सुर्यलाई अरग दिई निष्ठा एवम् श्रद्धापूर्वक छठ पर्व समापन भएकछ ।दुई दिन अगाडी देखी सिरहाका विभिन्न नदी,तलाउ,पोखरी तथा जलाशयहरुलाई दुलही झैं सिंगारिएको छ । मित्रता र सद्भावका कारण यो पर्व सबैको लोकप्रिय तथा साझा पर्व बन्दैछ । उदाउँदै गरेको सूर्य आराधनाका लागि लहान स्थित रघुनाथपुर पोखरी, खुट्टी खोला, ब्रम्हान पोखरी, रामानन्द पोखरी लगायतका सिरहा जिल्लाका पोखरी, तलाउ, नदीहरु रंगबीरंगी बत्तिले झिलिमिली पारेपछि ब्रत अझ उल्लासमय देखिएका थिए ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र क

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • ३३२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२