सिरहा,माघ ९ गते । सिरहाको सिमावर्ती क्षेत्रबाट लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवान्नकारकट्टी गाउँपालिका ४ का रुपेश यादव रहेको छ ।

ईलाका प्रहरी कार्यालय महेसवारी बाट खटिएको टोलिले यादवलाई पक्राउ गरेको हो । सखुवामा यादवले प्रहरीलाई देख्दा भागिरहेको अवस्थामा पक्राउ गरिएको महेसवारी प्रहरीले जनाउनु भयो ।

यादवलाई हिरासतमा राखी  थप अनुसन्धान भईरहेको प्रहरीले उल्लेख गर्नु भयो ।