सिरहा,पुस २१ गते । फल्नै लागेको आलु खेतीमा आलुलाई माटो खाने अज्ञात रोगका कारण आलुमा प्वालै प्वाल भएपछि आलु खेती गरेका सिरहाका किसानहरु चिन्तित बनेका छन् । 

यसपालि शित लहरबाट आलु खेती गरेका किसानहरु जोगिए पनि समयमै रोगको पहिचान गर्न नसक्दा फल्ने लागेको आलुमा रोग लागेर सखाप भएपछि किसानहरु निराश भएका हुन् । 

सत्रह वटा स्थानीय तह रहेको सिरहा जिल्लाको सबै स्थानीय तहमा कृषि शाखा रहेको छ । कृषि शाखामा रहेको विशेषज्ञहरुको काम उदासिनताको कारण किसानहरुले लगाएको वालीमा रोगको पहिचान समेत गर्न सकेको छैन । कृषि विशेषज्ञहरुले समयमै रोग किराको पहिचान नगरिदिंदा दुःख गरेर लगाएको वालीको उत्पादनमा ह्रास आउने गरेको जनाइएको छ ।  

सिरहा जिल्लामा करिव पाँच हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ । अधिकांश किसानहरुको आलु खेतीमा एकै प्रकारको रोग लागेपछि गत वर्षको तुलनामा यसपल्ट आधा पनि उब्जनी नहुने किसानहरु वताउँछन् ।