सिरहा,माघ १० गते ।आर्थिक मन्दी भइरहेको बेला पनि सिरहा स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुखीपुर शाखाले ९९ प्रतिशत ऋण असुली गरेको तथ्यांक सार्वजनिक गरेको छ । 

आज शाखाले आयोजना गरेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सव कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेका हुन् ।

वार्षिकोत्सवको कार्यक्रममा सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादवले यस भेगमा स्थानीयलाई बैंकिंग सेवा दिएर अतुलनीय काम गरेको वताउँदै बैंकले सेवाग्राहीहरुलाई अझ मित्रवत् व्यवहार गर्नुपर्ने वताउनुभयो । 

कर्जा लगानीमा व्यवसाय, धितो र व्यक्तिगत चरित्रलाई हेरेर बैंकले ऋण प्रवाह गरेको कारण सो आकडाको ऋण असुली भएको शाखा प्रबन्धक मणिराज विश्वकर्माले जानकारी दिएका छन् । 

C0084T01

सिरहाको ग्रामीण भेगमा संचालित उक्त शाखाले व्यापार व्यवसाय, कृषि, व्यक्तिगत, घर गाडी कर्जा गरी करिव पाँच सय ऋणीहरुलाई कर्जा प्रवाह गरेका छन् ।

२० हजार ग्राहक रहेको यस शाखामा २०३८ सालमा स्थापना भएको हो । बैंकले वार्षिक उत्सवको अवसरमा असल ऋणीहरुलाई सम्मान समेत गरेको छ । त्यसबेला उद्योग व्यापार संघका अध्यक्ष शत्रुधन प्रसाद चौधरी, स्थानीय व्याापारी तथा समाजसेवी उमा प्रसाद चौधरी, रामसेवक चौधरी, स्थानीय बुद्धिजीवी, पत्रकार एवम् व्यापारीहरुको उपस्थिति रहेको थियो । 

C0035T01C0036T01C0091T01