सिरहा, पुस २६ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ३ चरारीका जय प्रकाश सिंहले उच्च अदालतबाट सफाई पाएको छ ।
चरारीकै जानकी देवी दासकी मोटरसाईकल चोरी गरेको आरोपमा अदालत धाई रहेका सिंह सफाई पाएको हो ।
सिंहको अनुसार मोटरसाईकल चोरी गरेको भए म दोसी ठहरीने थिएँ तर दासले मलाई झुठा मुद्दा लगाई फसाउन खोज्दा पनि उच्च अदालतबाट सफाई पाएको छु ।
मेटरसाईल चोरी गरेको आरोपमा वारम्वार प्रहरीले पक्राउ गर्न जाँदा उच्च अदालत जनकपुर राजविराज बाट निषेधाज्ञा लिई अदालत धाई रहेका सिंह सफाई पाएको उनको परिवारजनले जनाउनु भयो ।
सिंहले नै मोटरसाईकल चोरी गरेको हो भनी किटानी जाहेरी दिदा जिल्ला प्रसाशन कार्यालय सिरहामा छलफल भएको थियो । छलफलमा सिंहलाई जवरजस्ती एक हप्तामा मोटरसाईकल खोजेर दिनु पर्छ यदि मोटरसाईकल भेटीएन भने १५ दिनमा नयाँ डिस्कभर किनेर दिनु पर्ने दवाव दिएका थिए ।
२०७८ असोज १४ गते जानकी देवीको घर बाट १२५ सिसिको डिस्कभर मोटर साईकल चेरी भएको थियो ।
जिरोमाईल बरीयारपट्टी सडक खण्डको कटनीया नजिक ट्राफीक प्रहरीले चेक जाँच गर्ने क्रममा चोरी भएको मोटरसाईकल फेला परेको छ । फेला परेको डिस्कभर मोटरसाईकल अहिले बरीयारपट्टी प्रहरीकार्यालयमा रहेको छ ।




















