X wada

स्थानिय

    Showing १,१०१-१,११० of १,३२३ items.
  • छुरा प्रहार बाट अवस्था गम्भिर

    सिरहा,मंसिर २४ गते – विवाह पञ्चमी महोत्सव हेरेर जनकपुरबाट घर फर्किने क्रममा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं २ स्थित विग्ही पुलमा एक पुरूषमाथि छुरा प्रहार भएको छ ।छुरा प्रहारबाट महोत्तरीको रामगोपालपुर नगरपालिका ९ गोठबनौलीका ३० वर्षिय बलराम राय घाइते भएका हुन् । बुधवार राति रायमाथि अज्ञात ब्यक्तिले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते यादवको उपचारको लागि तत्कालै जनकपुरस्थित जानकी हेल्थ केयर ल्याएको थियो । तर अबस्था गम्भीर रहेकाले थप उपचारको लागि उनलाई काठमाडौं लगिएको छ ।पेटमा छुरा लागेका रायको उपचार अहिले काठमाडौंको टिचिङ अस्पतालमा भइरहेको छ । हाल उनको अवस्था

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १३० पटक पढिएको
  • ५० लाख बराबरको समान बोकेको ट्रकसहित एक जना पक्राउ

    सिरहा,मंसिर २४ गते – विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ५० लाख मूल्य बराबरको भन्सार छलीका समानहरु बोकेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका – ९ का २५ वर्षीय सागर राय छन् । भारतबाट भत्सार छली ल्याएर पोखरातर्फ जाँदै गरेको ना. ३ ख २२९ नम्बरको मालबाहक ट्रकसहित चालक राईलाई प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार चेकजाँचको क्रममा बिलबिजकभन्दा बढी भन्सार छलिका लत्ता कपडा तथा खुद्रा मालबस्तुहरु लोड गरिएको खुलेको छ । पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बरामद सामाग्रीलाई ५० लाख मूल्याकन गरी आवश्यक कारवाहीका लागि राजस्व

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • १६५ पटक पढिएको
  • सासुको हत्या गरेको अभियोगमा पक्राउ

    सिरहा,मंसिर २३ गते – महोत्तरीमा आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका–७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झैझगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १४५ पटक पढिएको
  • धनुषामा पासमान पक्राउ

    सिरहा,मंसिर २३ गते – धनुषाको गणेशमान चारनथ नगरपालिका–९ बरबझिया बस्ने संजय यादव र महाजन यादवको घरबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा धनुषा चिक्ना घर बताउने ३५ वर्षीय राकेश पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अपरिचित ४र५ जना मानिसहरुले हात(हतियार देखाई संजय यादवको घरबाट नगद १ लाख ५० हजार र सुनचाँदीको गरगहना समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल र  महाजन यादवको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत गरी २ लाख बराबरको धनमाल लुटी लगेकोमा भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरबझिया र ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले ल

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १३४ पटक पढिएको
  • विवाहपञ्चमीको मौका छोपी चोरी गर्ने सैंतालीस जना बगलीमारा पक्राउ, अधिकांश महिला

    सिरहा,मंसिर २३ गते – विवाहपञ्चमीमा मौका छोपी लुटपाट र चोरी गर्ने अपराधीहरुलाई धनुषा प्रहरीले समातेको छ ।प्रहरीले भीड–भाडमा बगली मारेको आशंकामा ४७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये २७ जना महिला रहेका छन । अधिकांश बगलीमारा भारतीय नागरिक रहेका छन् । सामान्य भेषभूषामा देखिने उनीहरुले भीड–भाड हुने स्थान जानकी मन्दिर, बारहबिघा मैदानबाट शंकाको आधारमा पक्राउ गरिएको हो । सीताराम विवाह महोत्सव पछि अनुसन्धान गरेर पक्राउ परेकाहरुलाई छाडिने जनाइएको छ । यस अवसरमा प्रत्येक वर्ष बगलीमाराहरुको पक्राउ पर्ने गरेका छन् 

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • ८४ पटक पढिएको
  • सर्पदंश प्राथमिक केन्द्रको शिलान्यास

    सिरहा,मंसिर २३ गते – सप्तरीको डाक्नेश्वरी नगरपालिका–६मा सर्प दंश प्राथमिक उपचार केन्द्रको शिलान्यास भएको छ ।निर्वाचन क्षेत्र नं। ३९ख० अन्तरगत डाक्नेश्वरी न।पा।–६ पातो बजारमा नपाका प्रमुख शिवनारायण साह र उपप्रमुख इन्दु कुमारी यादवले संयुक्त रुपमा केन्द्रको भवन निर्माणको बुधबार एक समारोह बीच शिलान्या गरेका हुन् । प्रमुख साहले सर्प दंश प्राथमिक उपचार केन्द्रको शिलान्यास गर्दै सर्पदंशका बिरामीहरु छिटो भन्दा छिटो उपचार वा सेवा सुविधा पाउन सक्ने विश्वास व्यक्त गरे । उनले सर्पको टोकाइबाट अल्पायुमै कसैको मृत्यु हुनु दुर्भाग्यपूर्ण रहेको बताउंदै उत्कृष्ट सेवा सुविधा सम्पन्न उपचार जनताले पाउन सकोस भने उ

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १५१ पटक पढिएको
  • नावालक फेला

    सिरहा मंसिर २३ गते । सिरहास्थित जिरोमाईल सुखीपुर अन्तर्गत जयपुर नजिक सडक छेउमा बुधबार साँझ बेवारिसे अवस्थामा एक नावालक भेटिएकोे छ ।  वेवारिसे अवस्थामा फालिएको उक्त वच्चा सडक छेउमा रोइरहेको सुनेपछि बजार भर्न गएका स्थानीय सतरुधन महतोले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । नावालक पाँच दिन अघि कुनै अस्पतालमा जन्म भएको हुन सक्ने प्रत्यक्षदर्शीले आँकलन गरिएको छ ।  इलाका प्रहरी कार्यालय धनगढीले बच्चालाई लहान अस्पताललाई जिम्मा लगाएको छ । बच्चा कसको र कसले फालेको हो सोको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।   

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • ८३३ पटक पढिएको
  • खुन डाँका र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    सिरहा,मंसिर २२ गते – सप्तरीको सुरुङगा नगरपालिका–१० थलाहा बस्ने ६० वर्षीय गुल्जार मियाँलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।साविक टिकुलिया गाबिस–७ घर भएका सप्तरी साविक कुसहा गाबिस–६ बस्ने ३५ वर्षीय मोहमद सकिल हुसेनले कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका सप्तरीका मोहमद आलम मियाँलाई छुटाई दिन्छु भनी उनकी आमा कैली खातुनबाट ३ लाख रुपैयाँ लिई २०६९ असोज १० गते सोही मुद्दा सम्बन्धमा सल्लाह गर्न काठमाडौं जानु पर्छ भनि कैलीका श्रीमान सहबुद मियाँ र बुहारी सगिरा खातुनलाई लगेकोमा सोही मितिदेखि हराएका उनीहरुको २०७२ जेठ ६ गते साविक कल्याणपुर गाबिस – ८ स्थित मो। सकिल हुसेन मियाँको कुखुरा फारममा कर्तव्य गरी

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • ११२ पटक पढिएको
  • प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दाँत भाचियो

    सिरहा,मंसिर २२ गते – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच मंगलबार कुटाकुट हुँदा अध्यक्षको दात भाचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ ।    किसानका लागि ल्याइएको बिऊ बिजन बितरण गर्ने विषयमा उत्पन्न विवादका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषादेवी मण्डलबीच कुटाकुट भएको हो । अध्यक्ष र उपाध्यक्षबीच भएको कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दात भाचिएको छ भने उपाध्यक्ष मण्डलको हातमा चोट लागेको छ । कुटपिटबाट घाइते भएका दुबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानियवासीले जानकारी दिएका छन् ।  बैठकमा दुबैबीच विवाद हुँदा उनीहरुले एक अर्कामा

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • १२९ पटक पढिएको
  • विवाह पंचमी उत्सव जनकपुरधाममा

    सिरहा,मंसिर २२ गते – आज मार्गशीर्ष शुक्ल पञ्चमी । आजकै दिन त्रेतायुगमा भगवान रामको सीतासंग विवाह भएको थियो । त्यसकै सम्झनामा जनकपुरमा सीता( रामको प्रतिकात्मक विवाह गरिन्छ । आज जनकपुरस्थित जानकी मन्दिरमा सीता(राम स्वयम्वर र विवाह समारोह आयोजना गरिएको छ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • १८४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२