सिरहा,मंसिर २५ गते । धनगढीमाई न.पा.९ मुसर्हनियामा लोडरले किचेर एक बालकको मृत्यु भएको छ ।
मुसर्हनियामा आज ई कञ्चनपुर कमला चार लेन सडक निमार्णमा खटिएका लोडरले किचेर स्थानिय संजिब मोक्तानका ९ वर्षीय छोरा सिधार्थ मोक्तानलाइृ लोडर ब्याक गर्ने क्रममा किचिएर मारेका प्रत्यक्ष दर्शीहरुले बताए ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डि.एस.पी. डा.तपन कुमार दहालले मृतक परिबार उचित क्षतीपूर्ति दिलाउने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता पश्चात पूर्व पश्चिम लोकमार्ग बन्द खुलेका थिए ।

करिब ४ बजे बच्चा रोड छेउमा खेलिरहेको अबस्थामा गाडीले किचिएर मारेको प्रत्यक्षदर्शीहरूकाे कथन रहेकेा छ । घटनाको बिरोधमा स्थानियले सडक अबरुद्ध गरेका थिए । केही समय पछि सहमितमा सडक अबरूद्ध खुलेकाे इलाका प्रहरी कायार्लय धनगडढीका प्रमु्ख प्रमाेद साहले बताए । शब पाेस्टमार्डमकाे लागी लहान अस्पताल लगिएकाे छ ।





















