सिरहा,मंसिर २९ गते – प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन्। उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ




















