सप्तरी,मंसिर २८ गते । सप्तरीको महादेव गाउँपालिका १ स्थित दुई विद्यालयमा भवन निर्माण गर्नका लागि मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको स्थानीयले आरोप लगाएका छन् । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकास कोषबाट निर्माण गर्न लागेको विद्यालको भवन निर्माणमा मनोमानी ढंगले उपभोक्त समिति गठन गरेको उनीहरुले आरोप लगाएका हुन् ।
नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा ८० लाखको ४ कोठे भवन निर्माण उपभोक्ता समितिको सूचना स्थानीय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नातागोता पार्टीका कार्यकर्तालगायतलाई राखेर बनाउने गरिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
महादेवा गाउँपाकिलाका १ स्थित रहेको नरबहादुर थापा जनता मावि पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा २ नम्बर प्रदेशको माननीय सामाजिक विकास मन्त्रि साहको संसदीय विकाश कोषबाट पकरी माविमा २ कोठे भवनको लागि ५० लाख र सोनरा राप्राविको लागि ३० लाखको २ कोठे भवन उपभोक्ता समितिमा कार्यकर्ता, आप्ना नातेदार, आफन्तलाई उपभोक्ता समितिमा राखेको स्थानीय विद्यानन्द यादवले बताए ।
उपभोक्ता समिति गठन प्रक्रियालगायत अन्य कुराहरुबारे गाउँपालिकाकामा कुनै किसिमको जानकारी नरहेको प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताए । उपभोक्ता समिति गठन प्रक्रियालगायत अन्य कुराहरु त्रुटिपूर्ण रहेकोले सम्बन्धित निकायले यसतर्फ ध्यान पु¥याउनु पर्ने स्थानीयले जानकारी दिए ।




















