X Sharama Funecure

स्थानिय

    Showing १,०७१-१,०८० of १,३१५ items.
  • अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१

    सिरहा,पुष  ३ गते – धनुषाको सहिद नगरपालिकाको यदुकहामा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । बहुउद्देश्य सहकारी संस्था लिमिटेड यदुकहाले भव्ताका साथ अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ मनाइएको हो । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो विवेक यादवको अध्यक्षता तथा सहिद नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया यादवले वैदेशिक रोजगारलाई सुरक्षित ,मरियादित बनाउन परिवार र रोजगारीमा गएका व्यक्तिको महत्वपुर्ण भूमिका रहेको बताए । उनले अब आफनैं स्वदेशमा रोजगारीका लागी यस नगरपालिकाले कार्य थालनी गरिसकसेको जानकारी गराए । चाडै ने नगरपालिक

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १३२ पटक पढिएको
  • साईकल चोरको बिगवगी

    सिरहा,पुष  ३ गते – सुखिपुर नगरपालिकामा साईकल चोरको बिगबिगी भएको छ ।सिरहा  सुखिपुर  नगरपालिका वडा नं. ९ बैसखामा  एक  हप्ता एक दर्जन बढी साईकल चोरी भऐपछि  स्थानियहरु त्रसित बनेका छन् । स्थानिय सोभित मण्डलको घरबाट दुई वटा साईकल त्यसैगरी राम किशुन मण्डल,जयराम मण्डल लगायतका घरबाट रातीको समयमा साईकल चोरी हुने गरेका पिडितहरु बताए । राती र दिउसै साईकल चोरीको संख्या बढदै गएपछि स्थानियहरु चिन्तित बनेका छन् ।स्थनिय प्रहरी प्रशान न्यून गस्तीका कारण चोरी हुने गरेको स्थानियहरुको आरोप रहेको छ । यता ईलाका प्रहरी कार्यालय सुखिपुरका अनुसार हामी कहाँ त्यस्तो कुनै जानकारी नआएको

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १७२ पटक पढिएको
  • गुइँठामा लुकेको मिथिलाको कला र संस्कृति

    सिरहा, पुष ३ गते –  तराईतिर गोबर भन्ने बित्तिकै सबैथोक नास भएको आम बुझाई छ । तर यसै गोबरमा मिथिलाको कला झल्किने गरिएको छ । गाईबस्तुको गोबर विभिन्न प्रयोजनमा प्रयोग भइरहे तापनि गोबरमा मिथिलाको कला र संस्कृति लुकेको कुरा कमैलाई थाहा छ ।गाईबस्तुको गोबर संकलन गरेर खाना पकाउन बनाइने गुइँठामा हातको औलाले मिथिला कला कोर्ने गरेको देखिन्छ । गुइँठा पाथने ९बनाइने० क्रममा मिथिलाका विभिन्न कला, कौशल एवं औजारसँग मेल खाने गरेको छ । गुइँठा आकारप्रकार आधुनिक हतियारसँग मेल खाने हुँदा रंगीचङ्गी सजाएर नाटक, नाँच तथा यस्तै मनोरञ्जनात्मक कार्यमा नक्कली हतियारको रुपमा प्रयोग पनि गरिन्छ । काँचो गोबरको गुइँठा बना

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १४७ पटक पढिएको
  • कारागारमा एक कैदी मृत्यु

    सिरहा,पुष ३ गते  – कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ । शुक्रबार सप्तरीको सदरमुकाम राजविराज स्थित कारागारमा कैदी बन्दी उद्धवप्रसाद खतिवडाको हृदयाघातबाट मृत्यु भएको हो ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय उद्धव प्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । कागजात किर्ते गरी ठगीसम्बन्धी मुद्दामा ०७५ साउन १७ गतेदेखि उनी थुनामा थिए ।कैदी बन्दी खतिवडालाई अचानक हृदयाघात भएपछि उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको उनले बताए । मृतक कैदीको शव पोस्टमार्टमका लागि राजविराज स

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १३३ पटक पढिएको
  • उद्यम गर्नेलाई ५० लाखसम्म ऋण

    सिरहा,पुस ३ गते । आप्रवासी कामदारहरुको न्यायका लागी हाम्रो भुमिका सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सचेत, सीपमूलक र सुरक्षित रोजगारःमर्यादित श्रम आप्रवासनको मूल आधार’ नारासँगै शुक्रवार सदरमुकाम सिरहामा आयोजित आप्रवासी कामदारहरुको न्यायका लागि हाम्रो भूमिका विषयक अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि सरोज कुमार यादवले बोल्दै साना किसान कृषि सहकारी संस्था मार्फत ७ स्थानीय तहका युवा र उनको परिवारलाई यस कार्यक्रममा जोड्ने बताएका छन् । उनले भने वैदेशिक रोजगारीमा जान चाह्नेलाई आफूले सहयोग गर्ने बताएका छन् । दातृ संस्थातको तर्फबाट प्राप्त सहयोगलाई वैदेशिक रोजगारमा जान चाह्ने

    • प्रकाशित मितिः पुस ३, २०७८
    • १६४ पटक पढिएको
  • एमाले प्रदेश २ को अध्यक्षमा यादव

    सिरहा,पुष २ गते –नेकपा एमाले प्रदेश २ को अध्यक्षको जिम्मेवारी रामऔतार यादवले पाएका छन् । यादव सिरहाको सुखिपुर नगरपालिकाका मेयर हुन् ।एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षमा यादवले जिम्मेवारी पाएका छन् । जिल्लाको राजनीतिमा सक्रिय यादव प्रदेश अध्यक्ष बनेपछि अब प्रदेशको राजनीति गर्ने बुझिएको छ । प्रदेशको उपाध्यक्षमा रेबती पन्त सर्लाही, सचिवमा डा। कृष्ण पौडेल (बारा) चयन भएका छन् । प्रदेश उपसचिवमा फरमुद नदाफ (धनुषा) र आरती भण्डारी (रौतहट) चयन भएकी छन् 

    • प्रकाशित मितिः पुस २, २०७८
    • २६१ पटक पढिएको
  • एकै परिवारका तीनजनाको मृत्युपछि गाउँ नै शोकमा

    सप्तरी,पुष २ गते – दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन्।बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो। मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव छन्।यी तीनसहित चार जना प्रदेश २(०१(००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स।१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा। तपन दाहालले जानक

    • प्रकाशित मितिः पुस २, २०७८
    • १२१ पटक पढिएको
  • किराना पसलमा आगलगी, १४ लाखको समान जल्यो

    सिरहा,पुष १ गते – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा आगो लागेपछि एक किरानी पसल जलेर खरानी बनेको छ । पसल जलेपछि लाखौंको क्षति भएको हो ।प्रहरीका अनुसार सन्दिप चौधरीले सञ्चालन गरेको सप्तरङ्ग किराना पसलमा बुधबार राति आगलगी भएको हो । आगलागीबाट पसलको सम्पूर्ण समान जलेर नष्ट भएपछि करिब १४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताए । आगलगीका कारण खुल्न सकेका छैन । तर विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलगाी विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ

    • प्रकाशित मितिः पुस १, २०७८
    • १८३ पटक पढिएको
  • मलको अभाव

    सप्तरी, पुष १ गते– सप्तरीमा मलखादको चरम अभाव देखिएको छ । गहुँ खेतीको समयमा यहाँका किसान दिनभरि मलका लागि लाइनमा बस्ने र बेलुकी रित्तै हात फर्किन बाध्य छन् ।कृषि सामग्री केन्द्रले राजविराजस्थित तेतरी गाछीमा रहेको गोदाममा भण्डारण गरी राखेको मल मङ्गलबारदेखि बाँड्न सुरु गरेपछि गाउँगाउँबाट आएका किसान बिहानदेखि भीड लाग्ने गरेको छ । डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेका कारण दैनिक सदरमुकामसम्म धाउँदा पनि किसान भने खाली हात फर्किनुपरेको स्थानीय किसान रामदेव मण्डलले बताउनुभयो । डिलरले किसानलाई मल नदिएर महँगो मूल्यमा बेच्ने गरेको र भारतीय सीमामा नेपालको मल पाइने गरेको उहाँले बताउनुभयो ।कृषि सामग्री कार्य

    • प्रकाशित मितिः पुस १, २०७८
    • ७८ पटक पढिएको
  • आगोले जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

    सर्लाही, पुस १ गते– सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ।जिल्लाको कविलासी नगरपालिकामा आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो । आगलागीबाट जलेर गम्भीर घाईते भएका उनीहरुलाई जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौंतर्फ लैजाँदै गर्दा बिहीबार बिहान ३ बजेतिर बाटोमा नै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक

    • प्रकाशित मितिः पुस १, २०७८
    • १३४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२