सिरहा,पुष ६ गते – गृहमन्त्री बाल कृष्ण खाँणल एमसीसी नेपालको विकासमा रहेकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु नेपाल सरकारको दायित्व रहेकोे जनाएको छ ।
जनकपुरधाममा नेपाली कांग्रेसका चर्चित नेता स्व। राम नारायण मिश्रको ५४ औं पुण्यतिथिमा सहभागी भएका गृहमन्त्री खाँडले पत्रकारहरुसंग कुराकानी गर्दै देशको विकासमा रहेको एमसीसी अगाडी बढाउनु गलत नभएको बताए ।
त्यतिकै आवयश्क छ भने सरकारले एमसीसी संसदमा किन लान नसकेको रु भन्ने प्रश्नमा खाँणले प्रस्ताव अगाडि बढने वा पारित हुने स्थिती बिना रणनितिक रुपमा अगाडि बढाउदा समस्या हुने भएकाले सहमतीको प्रयास गरिएको बताएका छन् । गृहमन्त्री खाँणले प्रदेश २ मा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने सम्भावना रहेको बताए । नेपाली कांग्रेसको प्रदेश २ महाधिवेशनका लागि सभापती शेर बहादुर देउवा समुहका उम्मेदवार कृष्ण यावदलाई सघाउन उनी सहितका नेताहरु जनकपुरधाममा सक्रिय रहेका छन् । विमलेन्द्र निधी समुहको उम्मेदवार भने कांग्रेस संसदिय दल प्रदेश २ का नेता र प्रदेश २ सरकारका भौतीक पुर्वाधार मन्त्री राम सरोज यादव हुन 




















