बर्दिबास,पुष ६ गते – चार दशकदेखि ग्राहकलाई सेवा दिँदै आएको महोत्तरीको बर्दिबासस्थित गौतम होटलले धनुषाको लालगढमा सुविधासम्पन्न होटल निर्माण थालेको छ। युवा उद्यमी तथा व्यवसायी हिरा गौतमले झन्डै ५० करोडको लागतमा होटल निर्माण थालेका हुन्। समय सापेक्ष बद्लिदो सोच, गौतम होटलको नविनतम अठोटु भन्ने भावका साथ सुविधासम्पन्न आधुनिक होटल निर्माण थालिएको हो।Gautamhotel1

करिब एक बिघा जग्गामा सुन्दर हरियाली एवं प्राकृतिक रमणीय वातावरणयुक्त होटलमा १२० देखि १५० जनासम्म बसोबास गर्न मिल्ने आरामदायी कोठाहरु निर्माण भइरहेका छन्। होटलमा सभा सम्मेलन, गोष्ठीका लागि विभिन्न कक्षहरु हुनेछन्। जसमा भित्र र बाहिर गरी लगभग दुई हजार जनाको व्यवस्थापन गर्नसक्ने क्षमता हुन्छ। स्वीमिङ पूल, फिटनेस सेन्टर, सौना र स्टिम बाथ, पर्याप्त पार्किङ स्थललगायत संरचना पनि निर्माण हुँदैछ। थ्री(स्टारको मापदण्डमा होटल बन्दै छ। ४० वर्षदेखि बर्दिबासमा अविच्छिन्नरूपमा गौतम होटल पाहुनाको सेवामा समर्पित छ। आफ्नो लोकप्रियताले अति विशिष्ट पाहुनाहरुदेखि सर्वसाधारणहरुलाई सेवा गर्ने मौका यो होटलले प्राप्त गरिरहेको छ। पाहुनाहरुको आवश्यकतालाई मध्यनजर गर्दै बर्दिबासभन्दा ५ किलोमिटर पूर्व(दक्षिणमा निर्माणाधीन ुगौतम होटल बर्दिबास प्रालिको संरचना दुई वर्षभित्र पूरा हुनेछ।

Gautamhotel2

पूर्वपश्चीम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–९ बेगाडावरस्थित लालगढमा यो होटल निर्माण भइरहेको छ। होटल व्यवसायका लागि पछिल्लो समय लालगढ एक केन्द्रबिन्दु बन्दै आएको छ । बर्दिबासमा एउटा सामान्य रेस्टुरेन्टबाट सुरु गरिएको गौतम होटल समयको रफ्तारसँगै देशभरि नै लोकप्रिय बन्न पुग्यो। गुणस्तरीय सेवा, आतिथ्य सत्कारले युवा उद्यमी गौतमले मनमात्रै जितेनन् करोडौको अर्को होटल खोल्ने योजना बनाउन सफल भएका छन्। होटलका सेवासुविधाहरुलाई थप अभिवृद्धि गर्दै विगतभन्दा पनि अझ बढी अनुकरणीय बनाउँदै लैजाने प्रतिबद्धता होटल सञ्चालक गौतमले जनाएका छन्