X Sharama Funecure

समाज

    Showing १,१६१-१,१७० of १,४४० items.
  • अवैधरूपमा ल्याएका लाखौं मूल्यका सामान बरामद

    विराटनगर,पुष ७ गते – भारतको जोगवनीदेखि तस्करी गरेर ल्याइएको बाथरुममा प्रयोग हुने सामान सशस्त्र प्रहरीले बुधबार बिहान विराटनगरबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानीको टोलीले ५ लाख ७५ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले धाराका टुटीलगायत बाथरुममा प्रयोग हुने सामान बरामद गरेको हो। बरामद सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए । उनका अनुसार जोगवनीबाट अवैध रूपमा ल्याएर विराटनगर महानगरपालिका–१६ हुलास मेटल चोकस्थित एउटा घरनजिक थोपरेर राखिएको अवस्थामा सामान बरामद गरिएको हो । बरामद गरिएको

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १३६ पटक पढिएको
  • लागुऔषधसहित दुई जना पक्राउ

    धनगढी,पुष ७ गते – कैलालीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ का २७ वर्षीय दिपक विक र २१ वर्षीय राजेन्द्र कामी रहेका छन् । गएराति धनगढी उप– महानगरपालका – ३ स्थित ट्राफिक चोकबाट अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले १ वटा ट्यावलेट नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेका       उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १०२ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा छुटा छुटै स्थानबाट पक्राउ

    सिरहा,पुष ७ गते –  ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई उनकै घरभित्र कोही नभएको अवस्थामा अधिकारीले सोमबार जबरजस्ती करणी गरी फरार भएको भन्ने  खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका– ५ बुदेवा टोल बस्ने २० वर्षीय मो।अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका– ११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफ

    • प्रकाशित मितिः पुस ७, २०७८
    • ११० पटक पढिएको
  • जटही–ढल्केबर सडक निर्माण अन्तिम चरणमा

    सिरहा,पुष ७ गते – व्यापारिक मार्गका रुपमा रहेका जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।सो सडकमा अहिले झण्डै डेढ किलोमिटर मात्रै निर्माण बाँकी रहेकामा अबको केही महिनामा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको सक्रियतामा सडक निर्माण द्रुतगतिमा अघि बढेको छ । डेडिकेडेट छ लेनमा सडकको निर्माण भइरहेको छ । सडकसँगै यहाँका निर्माणाधीन पुल पनि चैतसम्ममा सम्पन्न हुने बताइएको छ । जनकपुरको मुजेलियाबाट जिरो माइलसम्मको सडक मात्रै कालोपत्र बाँकी रहेको छ । झण्डै ४० किमी लम्बाईको सडक भारतीय सीमाबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • १४७ पटक पढिएको
  • हराएको महिलाको शव पोखरीमा भेटियो

    जलेश्वर,पुष ६ गते – महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडानं। ३ मा तीन दिनदेखि हराएकी एक महिलाको शव पोखरीमा भेटिएको छ । मटिहानी नगरपालिका वडानं।३ बरदाहा बस्ने फजेल राइनकी श्रीमती वर्ष २२ की रुकसाना खातुनको शव घर नजिकैको पोखरीमा तीन दिनपछि भेटिएको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले पुष २ गतेदेखि रुकसाना हराएको सूचना प्राप्त भएको र खोजतलासकै क्रममा उनको शव सोमबार साँझ घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेको बताउनुभयो ।मानसिक अवस्था राम्रो नभएको रुकसाना बेला बेलामा घरबाट हराउने, भाग्ने गरेको हुँदा उनको मृत्यु डुबेर भएको प्रारम्भिक अनुसन्धानले देखिएको ब

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १२३ पटक पढिएको
  • सामुदायिक बाल अस्पताल चार वर्षदेखि बन्द

    दाङ्ग,पुष ६ गते–  २०६६ सालमा घोराही–१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए ।तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले भवनलाई आवासको रुपमा प्रयोग गर्यो । अस्पतालको भवनमा प्रहरी झण्डै छ वर्ष बस्यो ।२०७३ सालमा प्रहरीले भवन खाली गरेपछि १० शय्या, एक्सरे मेशिन र ल्याबसहितको सेवा राखेर अस्पताल पुनः सञ्चालनमा ल्याइयो । तर छ महिना पनि राम्रोसँग चल्न नपाउँदै अस्पताल फेरि बन्द भयो । अहिले चार वर्ष

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १७१ पटक पढिएको
  • अवरुद्ध सडक १० घण्टापछि सुचारु

    सिरहा,पुस ५ गते । छुरा हानाहानको घटनामा संलग्न तीन जनालाई प्रहरीले समातेपछि सिरहाको गोलबजारमा विहानैदेखि अवरुद्ध सडक दश घण्टापछि सुचारु भएको छ । पीडितहरुले स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ नगरेको भन्दै आज विहानैदेखि पुनः सडक अवरुद्ध गरेको थियो । अवरुद्ध सडकले सयौं सवारीका साधनहरु गोलबजार खण्डमा रोकिदा यात्रुहरु यात्रुहरु विचल्लीमा परेको थियो । प्रहरीले वल प्रयोग गरी आज दिउँसो अवरुद्ध सडक खुलाउन खोज्दा पीडित र प्रहरीबीच झडप हुँदा दुई जना पीडितहरु घाइते भएको थियो । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । घाइते मध्ये एकजना मृतकका बहिनी हुन् भने अर्का गाउँले हो । सडक

    • प्रकाशित मितिः पुस ५, २०७८
    • ३३४ पटक पढिएको
  • बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठग्ने महिलासहित दुई पक्राउ

    सिरहा,पुष ५ गते – बलात्कार भएको भन्दै झुठो आरोप लगाई रकम ठगि गर्ने एक महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।  बलात्कारको झुठो आरोप लगाई रकम ठगि गर्ने सप्तरीको खडक नगरपालिका ९ लालपट्टी २४ वर्षिया रुबिना खातुनलाई प्रहरीले पक्राउ गरेको हो । उनी सँगै उक्त कार्यमा संलग्न रहेका सोही ठाउँका ३२ वर्षिय रहमान मियाँलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेलका अनुसार पछिल्लो पटक रुबिना र रहमान मिलेर सोही वडाकी गुलेशा खातुनसँग एक लाख रुँपैया ठगि गरेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिएका छन् ।  प्रहरीका अनुसार रुबिनाले गुलेशालाई फोन गरि

    • प्रकाशित मितिः पुस ५, २०७८
    • ११३ पटक पढिएको
  • हरवाचरवाको कष्टकर जीवन

    राजविराज,पुष ५ गते –  पुस्तौदेखि गिरहत खट्दा पनि ऋण मोचन नभएको भन्दै सप्तरीका हरवाचरवाहरुले यसका लागि पहल गरिदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।हरवाचरवा अधिकार मञ्च सप्तरीले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् । अन्तरक्रियामा हरवाचरवा अधिकार मञ्चका राष्ट्रिय महासचिव नागेन्द्र सदाले भूमिहीन भएका कारण जग्गाधनीको घरमा हरवाचरवा बसेकाहरु उल्टै ऋणमा डुबेको र त्यसलाई भुक्तान गर्ने क्रममा अर्को पुस्ताले पनि हरवाचरवाकै काममा खट्नु परिरहेको पीडा पोखे । यति गर्दा पनि ऋण मोचन हुन सकेको छैन्, उनले भने, सरकारले हरवाचरवाको बारेमा विशेष व्

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १२८ पटक पढिएको
  • पुन : सडक अवरुद्ध

    सिरहा,पुष ५ गते – स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ गर्न नसकेको भन्दै पीडित पक्षले पुनः सिरहाको गोलबजारमा चक्का जाम गरेका छन् । चक्का जामका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार सयौं सवारीका साधनहरु रोकिंदा गन्तव्यतर्फ हिंडेका यात्रुहरु बीचबाटैमा अलपत्रमा परेका छन् । मृत्युको विषयलाई लिएर हिजो पीडित पक्षले चक्का जाम गराउँदा स्थानीय प्रशासन र स्थानीय सरकारका प्रतिनिधिले २४ घण्टाभित्र दोषीलाई पक्राउ गरी कार्वाही गरिने, पीडित पक्षलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार खर्च दिने प्रतिबद्धता गरेपनि आफूहरुको कुनै माग पूरा गर्न नसकेको भन्दै प्रशासनविरुद्ध पुनः आज चक्का जाम ग

    • प्रकाशित मितिः पुस ५, २०७८
    • २४५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२