बाँके,पुष १२ गते – नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वाईन्टबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका–५ रझेना बस्ने १९ वर्षीय राज कुमार थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा राजकुमारको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

 भिमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ३० वर्षीय भानदेव भट्टलाई करिब ९९ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध चरेस सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । संघीय लागूऔषध नियन्त्रण ईकाइ कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उक्त पसलको आँगनमा बसिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय गगन बहादुर क्षेत्रीलाई करिब ३ ग्राम १६ मिलिग्राम अवैध लागूऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको छ । 

 हरिवन नगरपालिका–३ डाबरी बस्ने ४५ वर्षीया उर्मिला मोक्तानलाई करिब १ केजी अवैध लागूऔषध गाँजा,  एकसय एमएलको ४१ बोतल कफ लिनकुटिभस र एकसय एमएलको २ बोतल डाइलेफ डिसि नामक औषधि सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर अगाडि राखेको डाल्डा घ्यूको डिब्बा भित्री लुकाई राखेको उक्त लागूऔषध र औषधि फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका हरिवन नगरपालिका(४ बस्ने २५ वर्षीय भुषण कुमार महतो समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 बिर्तामोड नगरपालिका(१ पूर्व शान्ति टोलबाट करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका(४ बस्ने २१ वर्षीय अबि सेखलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ