सिरहा,पुष १० गते – प्रहरीले लागूऔषधसहित देशभरका विभिन्न ठाउँबाट ६ जना पक्राउ गरेका छ । यसरी पक्राउ पर्नेमा सोलखुम्बु जिल्ला नागार्जुन नगरपालिका– १० स्युचाटारका १८ वर्षीय किशोरलाई करिब ४ सय ग्राम अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने वस्तु र १ सय २० पिस नाइट्राभेट ट्याब्लेट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । यस्तै झापाको दमक नगरपालिका– १ वरगाछीस्थित रतुवा खोलाको बगरबाट करिब ८ केजी १ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित ईलाम माङसेवुङ गाउँपालिका– ६का४६ वर्षीय विर कुमार राईलाई शनिबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कास्कीको पोखरा महानगरपालिका– ३२ सातमुहानेबाट करिब १ केजी २ सय ३० ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई पनि शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रुकुम भुमे गाउँपालिका(२ घर भएकी ५६ वर्षीया कुमारी बुढा मगर र पोखरा महानगरपालिका– ३२ खुदिखोला बस्ने २९ वर्षीय बिकास थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
यस्तै सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका– १ बाट करिब ८ ग्राम ५ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका(३ महेशपुर २८ वर्षीय प्रमान्नद साह र सिरहा धनगढीमाई नगरपालिका– ११ शान्तिपुर बस्ने २८ वर्षीय दिपेन्द्र कुमार महतो रहेको प्रहरीले बताएको छ




















