सिरहा, पुष ११ गते – सप्तरीमा एक जना १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका– ५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पक्राउ गरेको छ । कञ्चनरूप नगरपालिका– ११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा मियाँ पक्राउ परेको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित मियाँलाई पक्राउ गरेको जनाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा दिएको उजुरी सोही दिन दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरूपका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको थियो