राजविराज,पुष १२ गते –सार्वजनिक यातायातका साधन नै लागु औषध ओसार्न प्रयोग हुने गरेको पाइएको छ । राजविराजबाट काठमाडौं जान लागेको ना.८ ख ५८३७ नम्बरको बिशाल मेट्रो बसबाट ठूलो परिमाणमा लागु औषध बरामद भएसँगै यसको खुलासा भएको हो ।

राजविराज नगरपालिका–२ स्थित हिमालय राईस मिल नजिक रहेको गुलाब ग्यारेजमा राखिएको बस खानतलासी गर्दा ठूलो परिमाणमा लागु औषध फेला परेको हो । लागु औषधका पटके आरोपित सोही बसका सहचालक सप्तरीको कञ्चनरूप नगरपालिका–८ का संजय भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा सप्तरीको बोदे बरसाईन नगरपालिका– ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँ पक्राउ परेका छन् ।

उनीहरूको साथबाट २ हजार १ सय ट्याब्लेट नाइट्रोभेट–१०, एक सय मिलिग्रामको ३ सय ९९ बोतल डाइलेक्स डिसी सिरफ र २ सय ८८ क्याप्सुल प्रोक्सीभोन बरामद भएको छ । लागु औषधहरू छिमेकी मुलुक भारतीय सीमाबाट प्रवेश हुने गर्छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अबिनारायण काफ्लेका अनुसार अब्दुलले अटो रिक्सामा लोड गरी लागु औषधहरू राजविराज ल्याएका हुन् । ग्यारेजमै राखिएको बसमा लोड गर्ने काममा सहचालक भुजेलको संलग्नता रहेको छ