X Sharama Funecure

राष्ट्रिय

    Showing ८९१-९०० of ९९३ items.
  • भारतीय रुपैयाँ सहित एक जना पक्राउ

    रौतहट,कार्तिक ६ गते–स्रोत नखुलेको एक लाख ८० हजार भारतीय रुपैयाँ सहित एक जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको छ ।सीमा प्रहरी चौकी बन्जरहाबाट खटेको प्रहरी टोलीले रकम सहित भारत विहार राज्यको शिवहर जिल्ला ग्राम पंचायत बेलबाघाट ५ का विश्वनाथ साह कानुको छोरा २२ वर्षीय सुशील कुमार साहलाई पक्राउ गरेको जनाएको छ । इशनाथ नगरपालिका १ स्थित बैकाया खोलाको बाँधमा भारतबाट नेपाल आउँदै गरेको साहलाई चेकजाँच गर्दा झोलामा राखेको १ लाख ८० हजार भारतीय रुपैयाँ फेला परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रकम सहित पक्राउ परेका साहलाई आवश्यक कारवाहीकोलागि राजश्व अनुसन्धान कार्

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १२६ पटक पढिएको
  • प्रदेश २ महिलाको तिघ्राबाट बरामद भयो सात किलो चरेश

    बारा,कार्तिक ६ गते–लागुऔषध चरे’श नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका ४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरे’श रहेको थियो ।बरामद भएको चरे’शको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ 

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १३८ पटक पढिएको
  • देशैभरि वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना अझै बेपत्ता

    सिरहा, कार्तिक ६ गते । कात्तिक एक गतेदेखि भारी वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन् ।राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ ।प्रदेश १ मा ६६ जना, सुदूरपश्चिम प्रदेशमा ३४ जना, कर्णाली प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा दुई जना र बागमती प्रदेशमा एकजना गरी जम्मा १११ जनाको मृत्यु भएको हो।यस्तै सुदूरपश्चिम प्रदेशमा २० जना, प्रदेश १ मा ९ जना, लुम्बिनी प्रदेशमा दुई जना, प्रदेश २ र कर्णालीमा एकरएक जना बेपत्ता भएका छन् ।साथै प्रदेश १

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १२५ पटक पढिएको
  • धनुषा स् हत्याको प्रयास गर्ने एक पक्राउ

    जनकपुरधाम,कार्तिक ६ गते । धनुषामा एक महिलाको गहना लुट्न हत्याको प्रयास गरिएको छ ।विदेह नगरपालिका–६ गिद्धा बस्ने ५० वर्षीया जमुनी देवीको गहना लुट्नको लागि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले ३५ वर्षीय रामभजन महतोलाई पक्राउ गरेको छ । शुक्रवार विहान ११ वजे चौरमा घाँस काटिरहेको वेला महतोले जमुनीको घाँटीमा छुरा राखि गहना लुट्ने प्रयास गरेपछि होहल्ला भएर आरोपी फरार भएको थियो । छुरा प्रहारले जमुनीको घाँटीमा घाउखत भई रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारको लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । अहिले जमुनीको स्वास्थ्य अवस्था ठिक रहेको र घटनामा संलग्न रहेका महत

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०२ पटक पढिएको
  • दुई अर्ब ५० करोड परेको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिदै

    रुपन्देही,कार्तिक ६ गते–भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो ।दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए । म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो ।मूर्तिलाई १४ कातिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए ।अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ९८ पटक पढिएको
  • सिरहाकी ५ वर्षीया बालिकामाथि यौन शोषणःजनकपुरका उपप्रध्यापक पक्राउ

    जनकपुरधाम,कार्तिक ६ गते – पाँच वर्षीया बालिकालाई यौ‘न शो‘षण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।जनकपुरधाम–८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौ’न शो’षण गरेको आरोप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौ’न शो’षण गरेको पीडितका बुबाको दाबी छ ।बालिकाको यौना’ङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् । प्रहरीले पीडित बालिकाको

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ११९ पटक पढिएको
  • बस दुर्घटना–मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

     कर्णाली,कर्तिक ६ गते  सुर्खेत । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने  भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि एक लाख राहत दिने निर्णय गरेको छ ।मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । बैठकले कोभिड(१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यव

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • ९१ पटक पढिएको
  • बाढीले मोरङको सुनवर्षीमा ४४८ घरपरिवार विस्थापित

    विराटनगर,कार्तिक ६ गते–बाढी र डुबानका कारण मोरङको सुनवर्षी नगरपालिकाभित्र बसोबास गरिरहेका ४ सय ४८ परिवार विस्थापित भएका छन्। बाढीले सुनवर्षी नगरपालिका–३, ४, ६ र ७ नम्बर वडाका बासिन्दा विस्थापित बनेको स्थानीय प्रशासनले जनाएको छ। बेमौसमको वर्षासँगै आएको बाढीले क्षति पुर्‍याउनुका साथै घरहरु डुबानमा परेपछि विस्थापित भएकाकाहरु नजिकैको विद्यालयमा आश्रय लिएर बसिरहेका छन्। कतिपय परिवार त्रिपालमुनि बसिरहेका छन्।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बाढी तथा डुबानका कारण सुनवर्षीको ६ र ७ नम्बर वडा सबैभन्दा बढी प्रभावित बनेका छन्। ‘बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन बिताउन बाध्य

    • प्रकाशित मितिः कार्तिक ६, २०७८
    • १०५ पटक पढिएको
  • अमानवीय व्यवहार गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ गृहमन्त्री

    काठमाडौं कात्तिक ५ गते,गृहमन्त्री बालकृष्ण खाँणले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका डिभिजनल इन्जिनियर राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गर्नेलाई कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।सेन्टर फर डेमोक्रेटिक इन्जीनियर्स नेपाल९सीडेन०ले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको थियो । सो क्रममा गृहमन्त्री खाँणले दोषिलाई हदैसम्मको कारबाही गरिने बताएको सिडेनका सदस्य रवीभुषण झाले अन्नपूर्णलाई बताए ।ज्ञापनपत्रमा राष्ट्रसेवक कर्मचारीमाथि अमुक संगठनको नाममा हुलहुज्जतसहित गरिएको अमानवीय र आपराधिक क्रियाकलापमा संलग्नलाई कडा कारबाहीको माग गरि

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १६९ पटक पढिएको
  • सिके राउतका कार्यकर्तालाई कारवाही कडा कारवाहीको माग ,नगरे आन्दोलन गर्ने इन्जिनियरहरूको चेतावनी

    सिरहा,कार्तिक ५ गते । जनकपुरधामका इन्जिनियरहरूले आन्दोलनको चेतावनी दिएका छन्। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई भेटेर कारवाही नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन्। जनकपुरधाममा बिहीबार जनमत पार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधिमा संलग्नलाई कडा कारवाहीको माग इन्जिनियरहरुले गरेका छन्। कारबाहीको अनेक तरिका र विधि हुँदाहुँदै कर्मचारीलाई नाङ्गो शरीर गोबर हिलो दलेर शहर घुमाउनु सामाजिक अपराध रहेको सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) का प्रदेशसभा सदस्य सुरेश मंण्डलले समाजिक सञ्जालमा लेखेका छन्।  फेसबुकमा आफ्नो प्रतिकृया राख्दै सुरेश मण्डलले लेखेका छन, ‘मानवता म

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १५४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२